मानव बेचबिखन तथा अाेसारपसार नियन्त्रणका लागि अभिमुखीकरण

नेपालगञ्ज – नेपालगञ्जमा मानव बेचबिखन तथा अाेसारपसार नियन्त्रणका लागि अभिमुखीकरण गरिएकाे छ ।
मानव बेचबिखन तथा अाेसारपसार नियन्त्रण स्थानीय समिति, नेपालगञ्जकाे अायाेजनामा अभिमुखीकरण गरिएकाे हाे ।
अभिमुखीकरणमा नेपालगञ्जका मेयर प्रशान्त विष्टले मानव बेचबिखनकाे समस्या ठूलाे भएकाले सबै मिलेर नियन्त्रणमा लाग्नु पर्ने बताउनु भयाे । उहांले वडास्तरमै समिति बनाएर काम गर्नु पर्ने बताउनु भयाे ।
पालिकाले कस्ताे क्रियाकलाप गर्दा मानव बेचबिखन राेकिएला भन्ने जिज्ञासामा कार्यक्रममा उपस्थित नेपालगञ्ज उपमहानगरपालिकाका कार्यपालिका सदस्य वसन्त कनाेजिया, खजुरा गाउंपालिकाका निवर्तमान उपाध्यक्ष एकमाया विकलगायतले सबै वडामा मानव बेचबिखनविरुद्वकाे समिति बनाउने, समितिलाई चलायमान गराउने, अनुगमन गर्ने, अभिमुखीकरण र जनतेचनामुलक गतिविधि गर्ने, स्थानीय तहले नीति नै बनाएर काम गर्नु पर्ने बताउनुभयाे ।
जनप्रतिनिधि, संघ संस्था, हाेटल संचालक सम्मिलित कार्यक्रममा माइती नेपालका केशव काेइरालाले मानव बेचबिखनकाे अबस्था, तथ्यांक, गर्नुपर्ने कामका बारेमा प्रकाश पार्नु भएकाे थियाे ।
हाम्राे सम्मान परियाेजनाका कमला पन्तले सरकारकाे नीति नियम बनाउन, निजी क्षेत्र र नागरिक समाजसंगकाे समन्वयमा मानव बेचबिखन नियन्त्रणका लागि वकालत, पीडितलाई राेजगारीलगायतका विषयमा काम गरिरहेकाे बताउनु भयाे ।
माइती नेपालकाे एक तथ्यांक अनुसार, गतवर्ष नेपालगञ्ज नाकाबाट जाेखिमपूर्ण यात्रामा रहेका ५ सय २९ जनाकाे उद्दार गरिएकाे छ । याे वर्ष ६ सय ९३ जनाकाे खाेजतलासकाे निवेदन परेकाे छ । जाेखिमपूर्ण यात्रामा जानेमा बांके र दाङ जिल्ला अगाडि छन् ।


error: यो सुविधा उपलब्ध छैन !