बस्तुगत सदस्यमा गुरुङ विजयी

नेपालगञ्ज – नेपालगञ्ज उद्योग बाणिज्य संघकाे बस्तुगत सदस्यमा किसन गुरुङ विजयी भएका छन् ।

स्वतन्त्र उम्मेदवारी दिएका गुरुङले प्यानलबाट प्रतिष्पर्धा गरेकालाई पछि पारेका हुन् । गुरुङले १६ मत पाएका छन् ।

अर्काे सदस्यका लागि दुई जनाकाे बराबर मत अाएकाे छ । विनय श्रेष्ठ र हिमनाथ पाैडेलले १५/१५ मत पाएका छन् । उनीहरुले अाधा अाका कार्यकाल बाड्छन् कि गाेला प्रथाबाट एकलाई विजयी गराइन्छ टुंगाे लागिसकेकाे छैन ।

अन्य पदकाे हकमा मतगणना भइरहेकाे छ । सदस्यबाट मत गणना भइरहदा समावेशीका उम्मेद्वारकाे शुरुवाती अग्रता रहेकाे छ । समावेशी प्यानलकाे नेतृत्व टंक धामी र साझा प्रजातान्त्रिक समूहकाे नेतृत्व ललित राैनियारले गरेका छन् ।


error: यो सुविधा उपलब्ध छैन !