साझा लाेकतान्त्रिककाे न्यूराेडमा घरदैलाे

नेपालगञ्ज – नेपालगञ्ज उद्योग वाणिज्य संघको नेतृत्वका लागि उम्मेदवारी दिएको साझा प्रजातान्त्रिक उद्योगी व्यवसायी समूहले न्यूरोडका मतदातासंग भेटघाट गरेको छ ।
प्रजातान्त्रिक समूहले बुधबार बिहान नेपालगञ्ज न्यूरोडका मतदातामाझ पुग्दै आफुलाई नेतृत्व गर्ने अवसर दिन आग्रह गरेको छ ।
अध्यक्ष पदका उम्मेदवार ललित कुमार रौनियारको नेतृत्वमा पुगेको उम्मेदवारहरुले मतदाताहरुसंग भेट्दै आफ्ना कुराहरु राखेको थियो । भेटघाटमा मतदाताहरुले प्रजातान्त्रिक समूहमाथि आशा राखेको दर्शाएका छन् । मतदाता सबैको सहभागिता, सबैको आवश्यकता र सबैलाई समान व्यवहार गर्न सक्ने नेतृत्व प्रजातान्त्रिक समूहका उम्मेदवार रहेको भन्दै आफुहरुको साथ सहयोग रहने जनाएका थिए ।
भेटघाटमा उम्मेदवारहरुले सबैको सहभागिता रहेको र सबै अट्न सक्ने आफुहरुको समूहलाई जिताउन समेत अनुरोध गरेका थिए । अध्यक्ष पदका उम्मेदवार रौनियारले मतदाताहरुमा आफनो समूहलाई मन पराईरहेको देखिएको बताउनुभयो ।
उद्योग वाणिज्य संघको यही भदौ २ गते नयाँ नेतृत्वका लागि निर्वाचन तय गरिएको छ । यस क्रममा नयाँ नेतृत्वका लागि प्रजातान्त्रिक समूह मतदाताहरुसंगको भेटघाटलाई तिब्र बनाएको छ ।

error: यो सुविधा उपलब्ध छैन !