साझा लोकतान्त्रिकको १८ बुँदे प्रतिबद्धता

नेपालगञ्ज – ललितकुमार रौनियारको नेतृत्वमा रहेको साझा लोकतान्त्रिक उद्योगी व्यवसायी समूहले १८ बुँदे प्रतिबद्धता पत्र सार्वजनिक गरेको छ ।
भदौ २ गते हुने नेपालगञ्ज उद्योग बाणिज्य संघको चुनावमा साझा लोकतान्त्रिक समूहले जिल्लाभरीका उद्यमी व्यवसायीका विवरण अद्यावद्यिक रुपमा संकलन गरी सबै प्रकारका सदस्यको समस्याको पहिचान गरी कर, भन्सार, स्थानीय कर, आन्तरिक ओसारपसार लगायतका विषयमा रहेको जटिलतालाई सहजीकरण गरेर समस्याको समाधान खोज्ने, बैंक ब्याजदरको बृद्धि, ऋण प्रवाहमा भएको समस्याको कारणले उद्योगी व्यवसायीले भोग्नु परेको कठिन परिस्थितिको अन्त्य गर्न प्रभावकारी कदम चाल्ने प्रतिबद्धता गरेको छ ।
बन्द रहेका उद्योगलाई सञ्चालन गर्ने वातावरण तयार गर्न हल गर्ने, जिल्लामा थप उद्योग स्थापना गर्न समन्वय गर्ने, नेपाल भारत सीमामा देखिएका व्यापारिक समस्याहरु न्यूनीकरण तथा आयात निर्यातमा भारतीय तथा नेपाली भन्सारद्वारा विभिन्न बहानामा अतिरिक्त शुल्क लगायत दुःख दिने क्रियाकलापको निराकरणका लागि पहल गर्ने, भारतबाट आयात गर्ने बस्तुहरुको चर्को दरले गर्दा चोरी पैठारीलगायत अनौपचारिक व्यापारलाई बढावा मिल्ने हुनाले नेपाल सरकारसँग सम्वाद गरी न्यून दर गराउन हल गर्ने, जडिबुटी निर्यातको हाल समस्याको रुपमा रहेको प्लान्ट क्वारेन्टाइन टेष्ट भारतीय सूचीमा नपरेकाले निर्यात गर्न कठिनाई हुँदै आएको तथा भारतीय पक्षले ट्रान्जिट परमिट जारी गर्ने झन्झटिलो प्रक्रियाले निर्यात गर्न सुलभ र सहज वातावरण नरहेकाले सम्बन्धित निकायसँगको सहकार्यमा प्रत्यक्ष निर्यात हुने गरी पहुँच विस्तार गर्न पहल गर्ने प्रतिद्धता गरिएको छ ।


बाँकेमा रहेको तरकारी क्षेत्रलाई उत्कृष्ट क्षेत्र बनाउन पहल गर्ने, पर्यटन प्रहरी गठनमा जोड दिइने, हाट बजार सञ्चालन, नेपालगञ्जमा फुड लेनको स्थापना, रात्री बजारको पहल तथा क्यासिनो, स्पा सेन्टरलाई मर्यादित बनाउने, स्थानीय उत्पादनलाई राष्ट्रिय तथा अन्तर्राष्ट्रिय बजारमा पु¥याउन पहल गर्ने, सुख्खा बन्दरगाह शीघ्र सञ्चालन गर्न दबाब दिइने, बजारमा पार्किङ व्यवस्थित गर्न उपयुक्त स्थानको पहिचन गर्ने तथा सार्वजनिक शौचालय निर्माण गर्न, उपलब्ध भएका सार्वजनिक शौचालयलाई प्रयोगमा ल्याउन स्थानीय सरकारसँग सहकार्य गर्ने, राप्ती नदीस्थित सिधनिया घाटमा शवदाह बनाउन पहल गर्ने प्रतिबद्धता गरिएको छ ।
साझा लोकतान्त्रिकको बाणिज्य उपाध्यक्षमा विष्णुप्रसाद श्रेष्ठ, उद्योग उपाध्यक्षमा मो. सफिक बेहना, महिला उपाध्यक्षमा करिष्मा योगी, महासचिवमा टंकप्रसाद शर्मा, कोषाध्यक्षमा मख्खनबहादुर धामी, उपमहासचिवमा टेकबहादुर खड्का रहेका छन् । सदस्यहरुमा शिवप्रसाद दाहाल, अतुलकुमार गुप्ता, विवेककुमार श्रेष्ठ, सन्तोषकुमार पौडेल, पदम श्रेष्ठ, युवराज ढकाल, प्रमोदकुमार अग्रवाल, कैफुलवरा जोलाहा, सुनिल भण्डारी, बलबहादुर विष्ट (बबी) रहेका छन् । एशोसियट सदस्यमा प्रदीकुमार गुप्ता र पुरुषोत्तम अग्रवाल तथा बस्तुगत सदस्यमा हिमनाथ पौडेल र विनय श्रेष्ठ रहेका छन् ।


error: यो सुविधा उपलब्ध छैन !