समावेशी प्यानलका ‘१७ स’ प्रतिबद्धता


नेपालगञ्ज – नेपालगञ्ज उद्योग वाणिज्य संघको आगामी २ भदौमा हुने निर्वाचनका लागि समावेशी प्यानलले १७ बुँदे प्रतिबद्धता सार्वजनिक गरेको छ । हरेक प्रतिबद्धता सबाट सुरु भएको छ ।
समावेशी प्यानलले समृद्ध बाँके निर्माणका लागि निम्न प्रतिबद्धताहरु प्रस्तुत गरेको छ :
१. सशक्त उद्योग वाणिज्य संघ
२. स्वस्थ व्यवसायी योजना
३. समानान्तर संस्थालाई निरुत्साही
४. सद्भावमा नेतृत्वदायी भूमिका
५. सरलीकृत एकद्वार कर प्रणाली
६. सभागृह र प्रदर्शनी स्थल
७. सुधार जडिबुटी व्यवसायमा
८. समृद्ध आर्थिक क्षेत्र : लगानी सम्मेलन
९. सक्षम पर्यटकीय क्षेत्र
१०. सुरु गरौं : नेपालगञ्ज–दिल्ली उडान
११. सडक किनार : स्थानीय परिकार
१२. सबल सीमा नाका
१३. समन्वय आयात–निर्यात
१४. सर्वसुलभ बैकिङ प्रणाली
१५. सहजीकरण कर शिक्षामा
१६. सरकारलाई प्रश्न हाम्रो कर किन ?
१७. सञ्चारसँग सहकार्य


error: यो सुविधा उपलब्ध छैन !