‘नगरमा कांग्रेसको विषेश आन्तरिक अभियान’

नेपालगञ्ज – नेपाली कांग्रेसको सांगठनिक सुदृढिकरण विषेश आन्तरिक अभियान अन्तर्गत नेपालगञ्ज उपमहानगर कमिटिले बुधबार छलफल कार्यक्रम गरेको छ ।
केन्द्रिय प्रतिनिधिका रुपमा खटिएका केन्द्रिय सदस्य गेहेन्द्र गिरिले कांग्रेस कार्यकर्तालाई संगठन बलियो बनाउन निर्देशन दिंदै जनतासँग कांग्रेसको सम्बन्ध थप मजवुत बनाउनुपर्ने आबश्यकता रहेको बताएका थिए ।
उपमहानगर कमिटिका कार्यवहाक सभापति धनराज बर्माको सभापतित्वमा सम्पन्न कार्यक्रममा नगरका २३ वटै वडाबाट कांग्रेसका अगुवा कार्यकर्ताहरु सहभागी भएका थिए । साथै कार्यक्रममा प्रदेश र गाउंपालिका तहबाट खटाईएका प्रतिनिधिहरुको समेत उपस्थिति रहेको थियो ।


error: यो सुविधा उपलब्ध छैन !