कसले ग¥यो उपाध्यक्षको ‘किर्ते’ हस्ताक्षर ?

नेपालगञ्ज – बाँकेको जानकी गाउँपालिकामा यतिबेला बबाल भइरहेको छ । रकम निकासा अघिको योजना अनुगमन समितिको प्रतिवेदनमा उपाध्यक्ष रामप्यारी यादवको हस्ताक्षर ‘किर्ते’ गरिएपछि पालिकामा बबाल भएको हो ।
पालिका भवनको मुख्य प्रवेशद्वार निर्माणको योजना अनुगमन समितिको प्रतिवेदनमा उपाध्यक्षको किर्ते हस्ताक्षर गरिएको हो । प्रवेशद्वार निर्माण गरिसकेपछि भुक्तानी निकासा मागअघिको फाराममा उपाध्यक्षको किर्ते हस्ताक्षर गरेपछि अहिले रकम निकासा रोकिएको छ भने उपाध्यक्ष यादव किर्ते हस्ताक्षर गर्नेलाई कारबाही गराउन प्रहरीलगायतका निकायमा धाइरहनु भएको छ । किर्ते हस्ताक्षर गर्नेलाई कारबाहीका लागि जिल्ला प्रहरी कार्यालयमा निवेदन दिएपनि प्रहरीले निवेदन दर्ता नगरेको उपाध्यक्ष यादवले बताउनुभयो । ‘मेरो फाइल दुई दिनसम्म प्रहरीकहाँ रह्यो, प्रहरीले दर्ता गरेन, उपाध्यक्ष यादवले भन्नुभयो, प्रहरीले दर्ता नगरेपछि फाइल ल्याएको छ । अब अदालत जान्छु ।’


गाउँपालिकाले शुक्रबार पत्रकार सम्मेलन गरेर उपाध्यक्षको हस्ताक्षर ठेकेदार कम्पनीका मानिसले किर्ते गरेको बताएको छ । गाउँपालिकाका अध्यक्ष छब्बल खाँले ठेकेदार कम्पनीका मानिसले उपाध्यक्षको हस्ताक्षर किर्ते गरेकाले उसलाई कारबाहीका लागि आफूहरु लागिपरेको बताउनुभयो ।
प्रमुख प्रशासकीय अधिकृत सिंहराज डाँगीका अनुसार, २०८० बैशाख १० गते प्रवेशद्वार बनाउने ठेक्का सम्झौता गरिएको थियो । असार १५ गते सम्पन्न गर्ने भनिएकोमा ८ गते नै सम्पन्न गरेर रकम माग गरिएको थियो । योजना तथा अनुगमन समितिको प्रतिवेदनमा अनुगमन समितिका संयोजक उपाध्यक्ष रामप्यारी यादव, पूर्वाधार संयोजक टीकानाथ यादव, कार्यपालिका सदस्य कान्ति काँदु, प्राविधिक शाखा प्रमुख धनबहादुर रोकाय, योजना शाखा प्रमुख शोभा पौडेलको हस्ताक्षर रहेको छ । यही फाराममा गरिएको उपाध्यक्षको हस्ताक्षर किर्ते गरिएको हो ।
योजना अनुगमन समितिका संयोजककै हस्ताक्षर किर्ते गरिएपछि गाउँपालिकाले भुक्तानी रोकेको छ ।


error: यो सुविधा उपलब्ध छैन !