नेपालगञ्ज कोरा उल्लासपूर्ण


नेपालगञ्ज –  साइकलप्रेमीको महाउत्सवका रूपमा मनाइदै आएको कोरा साइक्लिङ च्यालेन्ज २०२३ नेपालगञ्जमा समेत आयोजना गरिएको छ ।

५ औं सस्करणका रूपमा आयोजना गरिएको यसबर्षको कोरामा ७ बर्षीय अभिनब चौधरी सहित ६५ जनाले सहभागिता जनाएका छन् ।

कार्यक्रममा नेपालगञ्ज एसओएस युवालयको समेत सहभागिता थियो । युवालयका डाइरेक्टर तुलाराम बिश्वास आफैं साइकल लिएर कार्यक्रममा सहभागी भएको आयोजक नेपालगञ्ज साइक्लिङ क्लबका अध्यक्ष सतिश निरौलाले जानकारी दिनुभयो ।
बिहान ६:३० बजे नेपालगञ्ज बौद्ध गुम्बाबाट शुरु गरिएको कार्यक्रमको शुभारम्भ भेरी अस्पताल नेपालगञ्जका मेडिकल सुपरिटेन्डेन्ट डाक्टर बद्री चापागाईंले गर्नुभएको थियो। साइकल यात्रीले नेपालगञ्जकाे बौद्ध गुम्बा, जामे मस्जिद , बागेश्वरी मन्दिर, हनुमानगढी मन्दिर, गुरुद्वारा, ज्योतिचर्च, त्रिशक्ती मन्दिर हुँदै चौलिक्का, ढोडे गाउँ, शिवपुरा इन्डो- नेपाल बोर्डर हुँदै जोगागाउ मन्दिर भएर ३० किलोमिटरका यात्रीहरु नेपालगञ्ज फर्किएका थिए भने ५०।७५।१०० किलोमिटरका यात्री बर्दियाका केही स्थल परिक्रमा गरि नेपालगञ्ज फर्किए । एउटा समूह अगैया हुँदै नेपालगञ्ज फर्किएको क्लबका सचीव प्रदीप सापकोटााले बताउनु भयाे ।


कार्यक्रमलाई भब्य र उत्सव तथा उल्लासमय वातावरणमा सम्पन्न गर्न सहभागिता जनाउने सम्पूर्ण साइकल यात्रीलाई आयोजक नेपालगञ्ज साइक्लिङ क्लबका अध्यक्ष निरौलाले धन्यवाद दिदै आगामी दिनमा साइक्लिङका थप कार्यक्रम समेत आयोजना गरिने बताउनु भयो। कार्यक्रमका लागि कुनै पनि सरकारी तथा गैर सरकारी सस्था तथा व्यावसायिक प्रतिष्ठान बाट सहयोग नलिएर स्वयं सहभागी आफ्नै खर्चमा स्वतस्फूर्त सम्पन्न गरिएको समेत क्लबले जनाएको छ।


error: यो सुविधा उपलब्ध छैन !