पारदर्शिता र जवाफदेहितामा जोड

खजुरा – खजुरा गाउँपालिका अध्यक्ष किस्मतकुमार कक्षपतिले सेवा प्रवाह पारदर्शी र जवाफदेही हुनु पर्नेमा जोड दिनु भएको छ ।
खजुरा गाउँपालिकाको सहयोगमा आयोजित स्वास्थ्य क्षेत्रमा सामाजिक जवाफदेहिता परियोजना अन्तर्गत अध्ययनका परिणाम र सिफारिस सार्वजनिकीकरण कार्यक्रममा बोल्दै अध्यक्ष कक्षपतिले प्रभावकारी सेवाका लागि सबै विषयगत शाखालाई आफ्नो जिम्मेवारीका काम गर्न निर्देशन दिएको बताउनुभयो ।
शिक्षा, स्वास्थ्य, कृषिलगायतका सबै क्षेत्रमा आवश्यकताको आधारमा योजना छनौट र बजेट विनियोजन हुने गरेको बताउँदै अध्यक्ष कक्षपतिले अनुगमन, नियमन र नियन्त्रण जरुरी रहेको औल्याउनुभयो ।
प्रमुख प्रशासकीय अधिकृत बमबहादुर केसीले सबै शाखाहरु उत्तिकै जवाफदेहिता र पारदर्शी ढंगले सेवा प्रवाहमा लाग्नु पर्ने बताउनुभयो ।
खजुरा गाउँपालिका स्वास्थ्य शाखा अधिकृत लक्ष्मी केसीले स्वास्थ्य क्षेत्रमा सरोकारवालाको नियमित बैठक राखिने र आवश्यकता पहिचान गरेर सोही अनुरुप सेवा प्रदान गर्दै आएको बताउनुभयो ।
खजुरामा स्वास्थ्य क्षेत्रमा गरिनु पर्ने सुधार, अध्ययनका क्रममा पाइएको तथ्य तथ्यांकसहितको प्रतिवेदन प्याक्टका प्राविधिक सल्लाहकार दुर्लबकुमार बोगटीले खजुरा गाउँपालिका प्रमुख किस्मतकुमार कक्षपति र उपप्रमुख एकमाया विकलाई बुझाउनुभयो ।


error: यो सुविधा उपलब्ध छैन !