डेंगु फैलिएपछि लार्भा मार्ने अभियान

नेपालगञ्ज – नेपालगञ्जमा डेंगुका विरामी देखा परेपछि लार्भा मार्ने अभियान शुरु गरिएको छ ।

नेपालगञ्ज उपमहानगरपालिकामा चार जनामा डेंगु देखिएको छ । गणेशपुरमा कतै नगएका व्यक्तिलाई डेंगु देखिएपछि बसपार्क क्षेत्रबाट लार्भा मार्ने अभियान थालिएको हो ।

नेपालगञ्ज उपमहानगरपालिका, वडा नं. ४, स्वास्थ्य कार्यालयको टोलीले डेंगु सार्ने एडिस जातको लामखुट्टे बस्ने टीनका डब्बा, प्लाष्टिकका बोत्तल, टायर, सिसी, ड्रममा जमेको पानी फाल्न शुरु गरेको छ । लामखुट्टेको बासस्थान नष्ट गर्ने अभियान थालिएको हो ।

बाँकेमा ११ जनामा डेंगु देखिएको छ । नेपालगञ्जका चार जना, कोहलपुरका दुई जना र बैजनाथ गाउँपालिकाका एक जना रहेका छन् । यहाँ विरामी पुष्टि भएपनि चार जना बर्दिया जिल्लाका छन् ।

नेपालगञ्ज उपमहानगरपालिकाका स्वास्थ्य शाखाका प्रमुख रामबहादुर चन्द, फोकलपर्सन तेज वली, वडा नं. ४ का अध्यक्ष गोपाल पुनलगायत लार्भा मार्ने अभियानमा निस्केका छन् ।


error: यो सुविधा उपलब्ध छैन !