महासंघबाट सापकोटालाई ३० हजार सहयोग
नेपालगञ्ज – नेपाल पत्रकार महासंघ, बाँकेले पत्रकार लक्ष्मण सापकोटालाई ३० हजार सहयोग गरेको छ ।
नेपाल पत्रकार महासंघका साधारण सदस्य सापकोटा लामो समयदेखि बिरामी छन् । सापकोटाको उपचारमा सहयोगका लागि महासंघले ३० हजार रुपैया सहयोग गरेको महासंघ, बाँकेका अध्यक्ष दामोदर भण्डारीले जानकारी दिनुभयो ।
महासंघका अध्यक्ष भण्डारीले महासंघमा आवद्ध रहेका र नरहेका सबै सहयोगी मनलाई सहयोग गरिदिन आग्रह गर्नु भएको छ । सापकोटालाई कलेजोमा समस्या रहेको छ ।
तपाई हाम्रो सानो–सानो सहयोगले सापकोटाको उपचारमा ठूलो सघाउ पुग्ने भएकाले मनकारी, दयावानहरुलाई सहयोगको अपिल गरिएको छ ।