मेयरको दौडमा विरेन्द्र शाह

नेपालगञ्ज – नेपालगञ्ज उपमहानगरपालिकाको मेयर पदका लागी विरेन्द्रबहादुर शाहको नाम सिफारिस भएको छ ।

२०७४ सालको स्थानीय तहको निर्वाचनमा नेपालगञ्ज उपमहानगरपालिका वडा नं. १३ बाट वडा अध्यक्ष निर्वाचित भएका शाहलाई कांग्रेस नगर कमिटिले समेत मेयर पदका लागी मथिल्लो तहमा सिफारिस गरेको बुझिएको छ । नेपाल तरुण दल बाँकेका अध्यक्ष समेत रहेका शाह पार्टी भित्र र सामाजिक क्षेत्रमा सक्रिय अनुहार हुन् ।

नेपाली कांग्रेसको जिल्ला कार्य समिति सदस्य समेत रहिसकेका शाह संस्थापन पक्षका नेता हुन् ।

नगर कमिटिले शाहसहित अजितकुमार शर्मा, सुनिलनरसिंह राणा, निरञ्जन सिहं सिजापति, सुरेशकुमार कनोडिया, अच्युत प्रसाई, उमा थापामगर, प्रशान्त विष्ट, रमेश गुप्ता, रविन्द्रमान श्रेष्ठ, माया पुन, ललित रौनियार, दिवाकर शर्मा खनाल सहितकाहरुको नाम सिफारिस गरेको बुझिएको छ ।


error: यो सुविधा उपलब्ध छैन !