स्थानीय आवश्यकता र औचित्यको आधारमा चुनावी तालमेल

नेपालगञ्ज नेपाली कांग्रेसका केन्द्रीय सदस्य एवम् पूर्व मन्त्री दीपक गिरीले स्थानीय आवश्यकता र औचित्यको आधारमा चुनावी तालमेल गर्ने भन्ने पार्टीको निर्णय अनुसार नै अघि बढ्नुपर्ने बताउनुभएको छ ।

नेपाली कांग्रेसद्वारा देशब्यापीरुपमा आयोजित स्थानीय चुनाव लक्षित एक महिने घर घर जाऔं कांग्रेस जिताऔं अभियानको मंगलबार बाँकेमा समापन गर्दै गिरीले पार्टीको आधिकारिक निर्णय अनुसार नै अघि बढ्नुपर्ने बताउनुभयो ।

उहाँले झिनामसिना कुरामा अल्झेर नबस्न आग्रह गर्दै एकता कायम गरेर अघि बढ्न आह्वान गर्नुभयो ।

अर्का केन्द्रीय सदस्य संजय गौतमले स्थानीय तहका उम्मेदवार टुंग्याउने जिम्मेवारी पार्टी विधान अनुसार नै दिनुपर्ने बताउँदै तालमेलको व्यवस्थापन स्थानीय तहबाटै हुनुपर्नेमा जोड दिनुभयो ।

जिल्ला सभापति नारायणप्रसाद गौडेलको सभापतित्वमा भएको कार्यक्रममा बोल्ने जिल्लाका अधिकांश नेताहरुले तालमेल गरेर जादा कांग्रेसलाई घाटा हुने बताएका थिए ।


error: यो सुविधा उपलब्ध छैन !