भारतबाट फर्किनेलाई कोभिडविरुद्धको खोप

नेपालगञ्ज – बाँकेको जमुनाहा नाकामा भारतबाट फर्किने नेपालीलाई कोभिडविरुद्धको खोप लगाउने काम भइरहेको
छ ।

भारतको विभिन्न शहरमा काम गरेर फर्किएका नेपालीलाई पहिलो, दोस्रो र तेस्रो मात्रा लगाउने काम भइरहेको जमुनाहा हेल्थ डेस्कका ल्याब टेक्निसियन चिरञ्जीवी ज्ञवालीले जानकारी दिनुभयो । भारतबाट फर्किने नेपालीलाई सोधीसोधी खोप लगाउने काम भइरहेको छ ।

ल्याब टेक्निसियन ज्ञवालीका अनुसार, कुनै पनि नेपाली खोपबाट बन्चित नहोस् भनेर सोधीसोधी खोप लगाइएको छ । भारतबाट पहिलो मात्रा लगाएको छ भने दोस्रो मात्रा दिइएको छ । कुनै पनि मात्रा लगाएको छैन भने पहिलो मात्रा लगाइएको छ । दोस्रो मात्रा लगाएको तीन महिना कटेको छ भने तेस्रो मात्रा दिइएको छ ।

यो चैत्र महिनामा ठूलो संख्याले खोप लगाइसकेका छन् । ज्ञवालीले तीन हजार तीन सय ८६ जनाले खोप लगाएको जानकारी दिनुभयो । नाकामा एस्ट्राजेनिका र जोन्सन खोप दिइएको छ ।

कोभिड देखिन छोडेपनि खोप दिने काम भइरहेको छ । चैत्र महिनामा नेपालगञ्ज नाकामा चार जनालाई कोरोना देखिएको छ । बाँकेका अस्पतालमा कोभिडका विरामी शून्य भइसकेको छ ।


error: यो सुविधा उपलब्ध छैन !