१ हजार ६५ जना जेष्ठ नागरिकलाई निशुल्क स्वास्थ्य सेवा प्रदान

खजुरा – खजुरा गाउँपालिका स्वास्थ्य शाखाले खजुराका १ हजार ६५ जना जेष्ठ नागरिकलाई निशुल्क स्वास्थ्य सेवा प्रदान गरेको छ ।

घरदैलोमा स्वास्थ्य सेवा दिने उद्देश्यले संचालित ८ दिने निःशुल्क जेष्ठ नागरिक बिशेषज्ञ स्वास्थ्य शिबिरको अन्तिम दिन सोमबार सोनपुर स्वास्थ्य चौकीमा नागरिकलाई सेवा दिँदै सकिएको हो ।

शिविरको शुरूवात सितापुरबाट भएको थियो । खजुरा गाउँपालिका स्वास्थ्य शाखा प्रमुख सुदीप पौडेलका अनुसार, ७० प्रतिशतमा मधुमेह र उच्चरक्तचाप, १० प्रतिशतमा बाथ, २० प्रतिशतमा अन्य विभिन्न समस्या देखा परेको थियो । अभियानमा फिजिसिएन डा. शंकर केसी, डा. समीक्षा चन्द, डा. ईरफान शेषलगायत स्वास्थ्य शाखाको टीम रहेको थियो ।

समापन कार्यक्रममा खजुरा गाउँपालिकाका उपाध्यक्ष एकमाया विक, पालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत प्रदिप सुनार, वडा नं.७ का वडा अध्यक्ष अतिउल्ला खाँ लगायतले जेष्ठ नागरिकको स्वास्थ्य समवेदनशीललाई ध्यान दिँदै घरदैलोमै निशुल्क सेवा दिइएको बताउनुभयो ।

बिशेषज्ञ सेवाका डा. प्रकाश नाग र डा. पारस श्रेष्ठ लगायत शिविरमा खटिएका स्वास्थकर्मीप्रति स्वास्थ्य शाखाले आभारी प्रकट गरेको छ ।


error: यो सुविधा उपलब्ध छैन !