कांग्रेसले दुई वटा क्षेत्रकाे उम्मेदवार टुंग्यायाे

नेपालगन्ज – बाँके काँग्रेसले दुई वटा क्षेत्रकाे उम्मेदवार टुंग्याएर सिफारिस गरेकाे छ । एउटा क्षेत्रकाे आधिकारिक रुपमा आइसकेकाे छैन ।
काँग्रेस बाँकेका प्रवक्ता डिल्ली गिरीका अनुसार, क्षेत्र नम्बर १ र क्षेत्र नम्बर २ काे उम्मेदवार टुंगिएकाे छ । क्षेत्र नम्बर ३ काे टुंगिसकेकाे छैन ।
क्षेत्र नम्बर १ बाट जिल्ला सभापति नारायणप्रसाद गाैडेल, कृष्णबहादुर कार्की, हुर्मतकुमार न्याैपाने, ज्ञानु केसी, माधवराम खत्री, रामबहादुर मल्ल, चुडामणि कँडेल, पाेषण केसी, मिना ढुंगाना सिग्देल, रामकुमार राढ र दिपकुमार बर्माकाे नाम सिफारिस गरिएकाे छ । १ नम्बरबाट ६ जनाकाे नाम समानुपातिकमा पठाइएकाे छ ।
क्षेत्र नम्बर २ बाट पूर्वमन्त्री गजेन्द्रबहादुर हमाल, सुधांसु काेइराला, रमेशकुमार गुप्ता, सुदिपनरसिंह राणा, माे. याकुव अन्सारी र लिलावती यादवकाे नाम सिफारिस गरिएकाे छ । याे क्षेत्रबाट समानुपातिकमा १६ जनाकाे नाम पठाइएकाे छ ।
जिल्लाबाट अाएका सबैकाे नाम पठाइएकाे छ । याे हेर्दा जिल्ला नेतृत्व विवादमा अाउन नचाहेकाे देखिन्छ ।
क्षेत्र नम्बर ३ मा धेरैकाे नाम बाहिर अाए पनि अझै जिल्लामा अाधिकारिक रुपमा अाइपुगेकाे छैन ।
काँग्रेसले अहिलेसम्म चुनावलक्षित अान्तरिक या बाह्य गतिविधि गरेकाे छैन ।











