अब आइसीपी नेपालगन्जमा मूल्यांकन डाटाबेस प्रणाली


नेपालगन्ज – आइसीपी नेपालगन्जमा मूल्यांकन डाटाबेस प्रणाली शुभारम्भ गरिएकाे छ ।
विराटनगर, बीरगन्ज र भैरहवा भन्सारपछि नेपालगन्जमा याे प्रणाली लागु गरिएकाे छ ।
मूल्यांकन डाटाबेस प्रणालीकाे अर्थमन्त्री रामेश्वर खनालले शुभारम्भ गरे । अर्थमन्त्री खनालले याे प्रणाली सञ्चालन गरिएपछि अवाञ्छित क्रियाकलाप राेकिने र व्यवसायकाे लागत घटाउनुका साथै पारदर्शी गराउने बताए ।
मन्त्री खनालले याे प्रणालीपछि अन्तर्राष्ट्रिय अभ्यासबाट विमुख नहुने बताए । फरक प्रसंगमा खनालले समयमा निर्वाचन, भ्रष्टाचार न्यूनीकरण र सुशासन अहिलेकाे सरकारकाे कार्यभार रहेकाे बताए ।
भन्सार विभागका महानिर्देशक श्यामप्रसाद भण्डारी, राजश्वका सचिव भुपाल बराल, एडीबीका परामर्शदाता निर्मलहरि अधिकारीले याे प्रणालीपछि मूल्यांकन प्रकिया छिटाे हुने र भन्सार मूल्यांकनमा एकरुपता अाउने बताए । ´यसकाे उद्देश्य अवैधलाई ठेगान लगाउने र वैधलाई सहज रुपमा जान दिने हाे, अधिकारीहरुले भनेका छन्, अब भन्सारमा मूल्यांकनका कारण विवाद हुँदैन ।`
पश्चिमकाे दाैडाहामा निस्केका अर्थमन्त्री खनालले अाज नै काेहलपुरमा रहेकाे राजश्व कार्यालय, नेपालगन्जकाे अान्तरिक राजश्व, काेलिनिकाकाे अनुगमन गर्नुका साथै नेपालगन्ज उद्याेग बाणिज्य संघमा पुगेर व्यापारीसँग अन्तरक्रिया गरेका थिए ।


error: यो सुविधा उपलब्ध छैन !