नेता र शहिदकाेसँगै राजा विरेन्द्रकाे शालिक राख्न माग



नेपालगन्ज – राजावादी-हिन्दुवादीले नेपालगन्जमा नेता र शहिदकाे शालिक राख्दा राजा विरेन्द्रकाे पनि शालिक राख्न माग गरेका छन् ।
नेपालगन्ज उपमहानगरपालिका कार्यालयले जेनजी अान्दाेलनका क्रममा ताेडफाेड भएका नेपालगन्जकाे पुष्पलाल, वीपी, गणेशमान र सहिद सेतु विककाे शालिक पुनर्स्थापना गर्दैछ । त्यहीक्रममा वीरेन्द्रचाेकमा राजा विरेन्द्रकाे शालिक राख्न राजावादी-हिन्दुवादीले माग गरेका हुन् ।
अाज नेपालगन्जका मेयर प्रशान्त विष्टलाई ज्ञापन पत्र बुझाउँदै राजावादी-हिन्दुवादीले सबैकाे शालिक एकै पटक राख्न अाग्रह गरेकाे हाे ।
राप्रपाका सहायक महामन्त्री ऋषिराज देवकाेटाले नेता र शहिदकाे शालिक राख्दा राजा विरेन्द्रकाे पनि राख्नु पर्ने बताए । उनले राजाकाे शालिक नराखे त्यही दिन अाफूहरुले राख्ने चेतावनी दिएका छन् ।
राजा विरेन्द्रकाे शालिक दाेस्राे जनअान्दाेलन २०६२/६३ मा ताेडफाेड गरिएकाे थियाे । त्यसयता राजावादीले धेरै पटक शालिक राख्ने प्रयास गरेपनि सकेका छैनन् । एकपटक राखेपनि प्रहरीले हटाएकाे थियाे ।
नेपालगन्ज उपमहानगरपालिकाले पुस पहिलाे हप्ता हुने नगर परिषदबाट निर्णय गरेर नेता तथा शहिदकाे शालिक राख्दैछ ।
राप्रपा नेपालका नेता तेजविक्रम शाहले ढलेका सबै शालिक राख्दा राजा विरेन्द्रकाे पनि राख्नु पर्ने बताए ।
राजावादी-हिन्दुवादीले यसअघि प्रमुख जिल्ला अधिकारीलाई ज्ञापन पत्र बुझाएका थिए ।


error: यो सुविधा उपलब्ध छैन !