नेपालगन्जमा क्रस बाेर्डर टुरिजम कन्क्लेभ सुरु

नेपालगन्ज – नेपाल पर्यटन बाेर्डकाे अायाेजनामा नेपालगन्जमा शनिबारदेखि तीन दिने क्रस बाेर्डर टुरिजम कन्क्लेभ सुरु भएकाे छ ।
नेपाल र सीमावर्ती भारतीय शहरका पर्यटन व्यवसायी सम्मिलित कन्क्लेभले दुई देशमा पर्यटन बढाउन मद्दत गर्ने अाशा गरिएकाे छ ।
नाट्टा बाँके च्याप्टरकाे संयाेजन रहेकाे कन्क्लेभमा दुई देशका हाेटल, व्यापार, टुर ट्रेड एण्ड ट्राभल्सका प्रतिनिधिले नेपाल र भारतका बिच व्यापारी साझेदारी खाेज्ने, सम्बन्ध बढाउने, व्यापारका ढाेका खाेल्ने, सीमामा अावागमनका क्रममा देखिएका समस्याहरु समाधानका उपाय खाेज्ने विषयमा छलफल गरिरहेका छन् ।
नेपालगन्जका मेयर प्रशान्त विष्ट, पूर्वमेयर विजय गुप्ता, हाेटल व्यवसायी दिवाकर खनाल, बागेश्वरी मन्दिरका मठाधीश चन्दननाथ याेगीले नेपाल र भारतका जनतामा धार्मिक-सांस्कृतिक सम्बन्ध प्रगाढ रहेकाले शान्ति सुरक्षाकाे प्रत्याभूति दिलाएर नेपालका विभिन्न पर्यटकीयस्थलकाे प्रचार प्रसार गर्न सकेमा नेपालमा भारतीय पर्यटककाे चाप बढ्ने बताए ।
नाट्टा बाँकेका निवर्तमान अध्यक्ष श्रीराम सिग्देलले उत्तर प्रदेशलाई मात्रै लक्षित गरेर नेपालले पर्यटकीय गतिविधि गर्दा नै लुम्बिनीसँगै देशमै भारतीय पर्यटक भर्न सकिने बताए ।
सीमावर्ती शहर नेपालगन्जमा अहिले पनि पश्चिम नेपालमा अाउने पर्यटक यहीबाट भित्रिन्छन् । त्यसक्रममा नाकामा भन्सार, यातायात परमिट, भारु पैसा बाेक्नेलगायतका समस्या रहेकाे छ । यी समस्याहरुलाई सराेकार निकायसँग छलफल गरेर समाधान गर्ने बाँकेका प्रमुख जिल्ला अधिकारी दिलकुमार तामाङले बताए ।
भारत रुपैडिया व्यापार मण्डलका अध्यक्ष उमाशंकर र टुर ट्रेड एण्ड ट्राभल्स लखनउका अध्यक्ष राजेश सिन्हाले नेपाल र भारतकाे धार्मिक सांस्कृतिक सम्बन्धकाे चर्चा गर्दै नेपालमा घुम्न अाउन कुनै समस्या नरहेकाे बताए ।
कार्यक्रममा पशुपतिनाथ, मुक्तिनाथ, जनकपुर, लुम्बिनी, अयाेध्यालाई जाेडेर धार्मिक सर्किट बनाउनु पर्ने बताइएकाे थियाे ।
नेपाल पर्यटन बाेर्डका कार्यकारी प्रमुख दिपकराज जाेशीले यस्ता कन्क्लेभले दुई देशका जनतामा यता र उता घुम्न सहज बनाउने बताए । बाेर्डले यस्ता कार्यक्रम झापामा तीन पटक गरिसकेकाे छ ।
तीन दिने कार्यक्रममा प्रचार प्रसार, नाकाका समस्या समाधानका बाटाे खाेज्नुका साथै यहाँका क्यासिनाे, निकुन्ज, हाेमस्टे भ्रमणकाे तालिका बनाइएकाे छ ।











