सहकारी मन्त्रालयसँग सहमति भएपछि ताेडियाे सहकारी पीडितकाे आमरण अनसन

नेपालगन्ज – अदालतकाे आदेश कार्यान्वयनकाे माग राख्दै आमरण अनसन बसेका सहकारी वित्तीय विकास संस्था लिमिटेड, नेपालगन्जका बचतकर्ता विजय गुप्ताकाे अामरण अनसन तेस्राे दिन ताेडिएकाे छ ।
कृषि, भूमि व्यवस्था तथा सहकारी मन्त्रालय, लुम्बिनी प्रदेशका निमित्त सचिव अनिल मरासिनी र सहकारी वित्तीय विकास संस्थाका पीडित संघर्ष समितिका सहसंयाेजक आँशुताेष शुक्लाका बिचमा दुई बुँदे सहमति भएपछि गुप्ताकाे अामरण अनसन ताेडिएकाे हाे ।
पुस १ गते जिल्ला प्रशासन कार्यालय, बाँकेकाे मुख्य प्रवेशद्वार अगाडि अामरण अनसनमा बसेका गुप्ताकाे स्वास्थ्य अवस्था बिग्रेपछि गएराती नै भेरी अस्पतालमा लगेर अाइसीयुमा राखिएकाे थियाे । सहमतिपछि अस्पतालबाटै अनसन ताेडिएकाे छ ।
लुम्बिनी प्रदेश सहकारी दर्ता अधिकारी उपसचिव मन्जु पाण्डेले लुम्बिनी प्रदेश सहकारी एेन २०७६ बमाेजिम साविककाे सहकारीकाे समिति विघटन गर्ने र साेही एेन अनुसार तदर्थ समिति बनाउने र गुप्ताले अामरण अनसन ताेड्ने सहमति भएकाे बताइन् ।
४३ कराेड बढी अार्थिक अपचलन भएकाे सहकारी वित्तीय विकास संस्थाका १९ जनालाई अदालतले कसुरदार ठहर गर्दै उनीहरुलाई कैद, जरिवाना र बिगाे भराउने तथा सहकारी विभाग, मन्त्रालय, जिल्ला प्रशासन, नगरपालिका, मालपाेत, पीडित सम्मिलित तदर्थ समिति बनाउन अादेश गरेकाे थियाे । जिल्ला अदालतले २०८० पुस २६ गते गरेकाे फैसलालाई उच्च अदालत तुलसीपुर नेपालगन्ज इजलासले सदर गरेकाे थियाे । यतिका वर्ष हुँदासम्म सहकारी विभागले अाफ्नाे काम नगरेपछि पीडित संघर्ष समितिका संयाेजक अामरण र अन्य ४ जना रिले अनसनमा बसेका थिए ।
प्रदेशकाे सहकारी मन्त्रालयसँग सहमति भएपछि पीडितले अाफ्नाे बचत फिर्ता अाउने संभावनाकाे ढाेका खुलेकाे बताएका छन् । पीडित संघर्ष समितिका सहसंयाेजक शुक्लाले तदर्थ समिति बनाएर विशेष साधारणसभा गरी नयाँ सञ्चालक समिति बनाई सहकारी चलाउने र कर्जा उठाउने, अदालतले दाेषी ठहर गरेकासँग बिगाे उठाउनेलगायतकाे काम गर्ने र बचतकर्ताकाे रकम फिर्ता गर्दै जाने बताए ।












