पुराना दिन सम्झेर राेए माधव नेपाल


नेपालगन्ज – नेपाली कम्युनिष्ट पार्टीका सहसंयाेजक माधवकुमार नेपालले जेनजीकाे नाममा भदाै २४ गते भएकाे लुटपाट र अाजगनी गर्नेलाई छुट दिन नहुने बताएका छन् ।
पार्टीकाे बाँके जिल्लास्तरीय एकता सन्देश सभालाई सम्बाेधन गर्दै पूर्वप्रधानमन्त्रीसमेत रहेका नेपालले जेनजीकाे २३ गतेकाे अान्दाेलनलाई अाफूहरुले समर्थन गरेपनि भाेलीपल्टकाे अागजनी र लुटपाट अापत्तिजनक र बेठिक भएकाे बताए ।
नेपालगन्जकाे त्रिभुवनचाेकमा भएकाे सभालाई सम्बाेधन गर्नेक्रममा नेता नेपाल पुराना दिन सम्झेर भावुक बने । भाषणकै बिचमा एकछिन बाेल्न नसकेका उनले द्वन्द्वकालमा सुरक्षा निकायकाे अाँखा छल्दै नेपालगन्ज हुँदै भारतकाे लखनउमा पुगेर प्रचण्डलाई भेटेकाे स्मरण गराए । नेपालले भने, ´त्यही भेटपछि गिरिजा, प्रचण्ड र मैले नेपाली राजनीतिकाे काेर्स नै चेन्ज गरिदियाै ।`
विगतकाे अाफ्नाे याेगदानकाे राम्राे मूल्यांकन हुन नसकेकाे संकेत गर्दै नेपालले हिन्दीमा कविता सुनाए, ´यादाै के किम्मत क्या जाने, जाे खुद कि याद मेटा देते हे ।`
नेपालगन्जलाई अाफ्नै गृहजिल्लाजस्ताे लाग्ने बताएका नेपालले पुराना नेता सबै खराव नरहेकाे बताए । उनले नयाँ मात्रै भनेर नहुने र नयाँ-पुराना भन्नु भन्दा पनि चरित्र, विचार र व्यवहारकाे अाधारमा मूल्यांकन हुनु पर्ने बताए ।
नेता नेपालले सरकारले घाेषणा गरेकाे फाल्गुन २१ गतेकाे चुनावमा सहभागी हुने र त्यसकाे तयारीमा जुटिसकेकाे बताए ।
पार्टीका केन्द्रीय नेता शक्तिबहादुर बस्नेतले बिचार मिल्नेहरु गाेलबद्व हुँदै जानु पर्नेमा जाेड दिए ।
नरेन्द्र पाण्डेकाे अध्यक्षतामा भएकाे कार्यक्रममा अब्दुल हुसैन खान, अन्जना चाैधरीलगायतले एकताकाे अभियानलाई घर-घरमा पर्याउनु पर्ने बताए । १६ वटा दल मिलेर बनेकाे पार्टीमा जनताकाे ठूलाे सहभागिता देखिएकाे थिएन ।


error: यो सुविधा उपलब्ध छैन !