युवतीलाई खुकुरी हान्ने पक्राउ


नेपालगञ्ज – झ्यालबाट छिरेर कोठामा गई युवतीलाई खुकुरी प्रहार गर्ने अस्फाग कुरेसी पक्राउ परेका छन् ।
चैत्र २९ गते विहान ४.४० बजे नेपालगञ्ज उपमहानगरपालिका वडा नं. ६ मा रहेको १९ वर्षीया अनिता बस्नेतको कोठामा झ्यालको जाली काटेर भित्र पसेका कुरेसीले ज्यान मार्ने उद्देश्यले खुकुरी प्रहार गरेको बाँके प्रहरीले बताएको छ ।
कुरेसीको आक्रमणबाट अनिताको टाउको, गर्धन, निधारलगायत भागमा चोट लागेको छ । अनितालाई आक्रमणपछि फरार रहेका कुरेसीलाई प्रहरीले शनिबार पक्राउ गरेको छ । बाँके प्रहरी प्रवक्ता डीएसपी नारायण डाँगीले घटनाको अनुसन्धान भइरहेको बताउनुभयो ।


error: यो सुविधा उपलब्ध छैन !