नेपालगन्जमा फिल्म फेस्टिभल हुँदै


नेपालगन्ज – नेपालका लागि युरोपियन युनियनको डेलिगेशनले नेपाल-युरोपियन युनियन फिल्म फेस्टिभल (नियुफ) लुम्बिनी प्रदेशको नेपालगन्जमा पहिलो पटक आयोजना गर्ने भएको छ ।
महोत्सव वैशाख ३ गते विहान १० बजेदेखि साँझ ६ बजेसम्म सर्खेत रोडस्थित बाटिका होटलमा आयोजना गर्ने आयोजकले बताएका छन् ।
महोत्सवमा ४ वटा लघुनेपाली चलचित्र र ३ वटा प्रोपेली चलचित्र प्रदर्शन हुँदैछ । यसका अवाला वैशाख ४ गते विहान ११ देखि १ बजेसम्म मध्यपश्चिम बहुमुखी क्याम्पसमा चलचित्र निर्देशक तथा लेखक मोहन राईद्वारा फिल्म एप्रिसिएशनबारे मास्टरक्लास गरिने छ भने युरोपियन युनियनकी उपप्रमुख डा. जोएल इभोनेद्वारा नेपाल(युरोपियन युनियनको दौत्यसम्बन्ध र विकास सहकार्यबारे नेपालगञ्ज बहुमुखी क्याम्पसमा व्याख्यान गर्ने कार्यक्रम रहेको छ

युरोपियन युनियन-नेपाल दौत्यसम्बन्ध स्थापना भएको ५० वर्ष भएकाले यस वर्षको चलचित्र महोत्सवको मूल नारा युरोपियन युनियन-नेपाल सम्बन्धको पचास वर्षः सांस्कृतिक विविधताको उत्सव मूल नारा रहेको छ ।

युरोपियन युनियन र नेपालको दौत्य सम्बन्धको ५० वर्ष मनाउन युरोपको विविधतापूर्ण संस्कृति, जीवनशैली र सिनेम्याटीक सृजनशीलता काठमाडौँ, लुम्बिनी, कर्णाली र सुदूरपश्चिमका नेपाली दर्शकहरूसंग आदानप्रदान गर्न पाउँदा अत्यन्त हर्षित छु, नेपालका लागि युरोपियन युनियनका उपप्रमुख डा. जोएल इभोनेट्ले भन्नुभयो ।

महोत्सवमा ९ वटा युरोपियन चलचित्रहरु र १२ नेपाली लघु चलचित्र प्रदर्शित हुनेछन् । महोत्सवको लागि लघु चलचित्र छनौट गर्न नेपाली युवा चलचित्र निर्देशकहरुका लागि लघु चलचित्र प्रतिस्पर्धा आयोजना गरिएको थियो जसमा ५२ वटा लघुचलचित्र समावेश भएका थिए । ती ५२ मध्येवाट १२ वटा लघुचलचित्र महोत्सवका लागि छनौट गरिएको हो ।

चुनिएका ९ वटा युरोपेली चलचित्रमध्ये नेपालगन्जमा मेरियन ब्लिचर निर्देशित मिस भिर्वोग (डेनमार्क), इम्यानुएल परभु निर्देशित मिकादो (रोमानिया, चेज रिपब्लिक), एन्टोनियो लुकीच निर्देशित लक्जेम्बर्ग लक्जेम्बर्ग (युक्रेन) प्रदर्शित गरिने छ भने १२ वटा लघु नेपाली चलचित्रमध्ये शान्ता नेपाली निर्देशित ध्येय ड्रिम्स, रजिन महर्जन निर्देशित लेट्स टक् पिरियड, आकांक्षा कार्की निर्देशित सनाई र अनिल कुमी निर्देशित फेरा प्रदर्शित हुनेछन् ।

नियुफको १३ संस्करणअन्तर्गत वागमती प्रदेशको काठमाडौं र सुदूरपश्चिम प्रदेशको महेन्द्रनगरमा महोत्सव सफलतापूर्वक सम्पन्न भइसकेको छ भने नेपालगन्जपछि कर्णाली प्रदेशको सुर्खेतमा पनि आयोजना गरिने छ ।

नेपालस्थित युरोपियन युनियनको डेलिगेशनले फिल्म क्रिटिक्स् कम्पिटिसन (चलचित्र समालोचना प्रतियोगिता) समेत आयोजना गर्दैछ । यस प्रतियोगितामा उत्कृष्ट चलचित्र समीक्षारसमालोचनालाई फिल्म क्रिटिक्स अवार्डु प्रदान गरिनेछ । यस प्रतिस्पर्धाका विजेताहरु पनि यसै वर्षको शरदमा ब्रसेल्समा आयोजना हुने नेपाली चलचित्र महोत्सवमा सहभागी हुने छन् ।


error: यो सुविधा उपलब्ध छैन !