सशस्त्र प्रहरीद्वारा एक वर्षमा १० करोडको राजश्व असुली


नेपालगञ्ज – नाकामा रहेको सशस्त्र प्रहरीले अवैध तरिकाले भित्रिएका करोडौको सामान बरामद गरेको छ । सशस्त्र प्रहरीले एक वर्षमा बरामद गरेको सामान भन्सारमा बुझाउदा दश करोड बढीको राजश्व असुली भएको छ ।
सशस्त्र प्रहरी बल नेपाल नं. ३० गण हेडक्वाटर बागेश्वरी, बाँकेका प्रमुख एसपी बिमल डाँगीका अनुसार, एक वर्षमा सशस्त्र प्रहरीले बरामद गरेको सामानको १० करोड १० लाख राजश्व संकलन भएको छ ।
सशस्त्र प्रहरीले साउनमा एक करोड ४५ लाख, भदौमा एक करोड १९ लाख, असोजमा एक करोड ६ लाख, कात्तिकमा एक करोड ४१ लाख, मंसीरमा एक करोड ३८ लाख, पुसमा एक करोड एक लाख, माघमा १९ लाख, फाल्गुनमा ९१ लाख र चैत्रमा ७४ लाख रुपैया राजश्व संकलन गराएको छ ।
सशस्त्र प्रहरीको तथ्यांक हेर्दा चाडबाडको आसपासमा बढी तस्करी हुने गरेको देखिन्छ । चाडबाडमा सामानको माग बढी हुने भएकाले यो बेलामा तस्करी बढी हुने गरेको हो । सशस्त्र प्रहरीले नेपालगञ्जको मुख्य नाकासँगै छोटी नाकाहरुबाट पनि सामान बरामद गरेको छ । विशेष सूचनाका आधारमा कतिपय ठाउँका गोदाममा छापा मारेको छ ।


error: यो सुविधा उपलब्ध छैन !