अागलागी नियन्त्रण गर्न नाकामा संयुक्त अभ्यास

नेपालगन्ज – सशस्त्र प्रहरी बल नं. ३० गण हेडक्वाटर बागेश्वरी बांकेले सीमामा अागलागी नियन्त्रण अभ्यास गरेकाे छ ।

सशस्त्र प्रहरीकाे अभ्यासमा भारतीय सीमा सुरक्षा बल (एसएसबी)ले हातेमालाे गरेकाे थियाे ।

ग्यांसमा लागेकाे अागाेदेखि गाउंबस्ती हुन सक्ने ठूला अागलागीका घटनालाई नियन्त्रण गर्ने अभ्यास गरिएकाे थियाे ।

बांकेका प्रमुख जिल्ला अधिकारी श्रवणकुमार पाेखरेलले सीमा क्षेत्रमा अागलागी हुंदा त्यसलाई नियन्त्रण गर्न दुवै देशकाे सुरक्षाकर्मीकाे हातेमालाे अावश्यक रहेकाले संयुक्त अभ्यास गरिएकाे बताउनु भयाे ।

सशस्त्र प्रहरी बल नं. ३० गणका प्रमुख एसपी विमल डांगीले विपद जहिले पनि जहाँ पनि हुन सक्ने भएकाले यसप्रकार संयुक्त अभ्यास गरिरहनु पर्ने बताउनु भयाे ।

कार्यक्रममा नेपाली सेनाकाे बज्रदल गणका गणपति प्रमुख सेनानी रविन श्रेष्ठ, एसएसवीका ४२ नं. बटालियनका कमाण्डेट गंगासिंह उदावत, राष्ट्रिय अनुसन्धानका एसपी अाेमबहादुर खड्का, जिल्ला प्रहरी कार्यालय, बांकेका प्रहरी नायव उपरीक्षक नारायण डांगीलगायतकाे उपस्थिति रहेकाे थियाे ।


error: यो सुविधा उपलब्ध छैन !