ईदमा सामुहिक नमाज


नेपालगन्ज – मुस्लिम धर्मावलम्बीकाे ठूलाे मध्येकाे चाड ईदुल फित्र (ईद) मा सामुहिक नमाज पढिएकाे छ ।
नेपालगन्जकाे वीपीचाेकस्थित मस्जिदमा सामुहिक नमाज पढेर ईदकाे शुभकामना अादानप्रदान गरिएकाे छ ।
नमाज पढ्न अासपासका क्षेत्रबाट ठूलाे संख्यामा अाएका थिए । जसले गर्दा भित्र नअटेर सडकमै नमाज पढिएकाे थियाे ।


ईदमा एक महिना निराहर व्रत बसिन्छ । याे बेला दिनमा ५ पटक नमाज पढिन्छ । तरावी पढिन्छ । एक महिनासम्म दिनभरी व्रत बसेका उनीहरुले सामुहिक नमाज पढिसकेर शुभकामना अादान प्रदान गरेपछि सेवई खाने गर्छन् ।
याे बेला कमाईकाे अढाई प्रतिशत गरीव, विपन्नलाई दिने गरिन्छ ।


स्थानीय मुनिर खाँले सामुहिक नमाजमा घरपरिवार, समाज, देशकाे शान्तिकाे कामना गरेकाे बताए ।
नमाज पढेर निस्केकाहरुसंग अन्य धर्मका अगुवा पनि वीपीचाेकमा पुगेर अंगालाे हाल्दै शुभकामना साटासाट गरेका थिए ।


error: यो सुविधा उपलब्ध छैन !