श्रेस्तादार भट्टको बिदाई

नेपालगञ्ज – कर्मचारी मिलन केन्द्र, बाँकेले बाँके जिल्ला अदालतको श्रेस्तादारबाट उच्च अदालत पाटन इजलास हेटौडाको उपसचिवमा सरुवा भई रमाना हुन लाग्नु भएका कर्मचारी मिलन केन्द्रका कार्यसमिति सदस्य तिर्थराज भट्टलाई बिदाई गरेको छ ।
कर्मचारी मिलन केन्द्र, बांँकेका संरक्षक प्रमुख जिल्ला अधिकारी विपिन आचार्य, उपाध्यक्ष गोबिन्दप्रसाद पाण्डे तथा नेपालगञ्ज उपहांनगरपालिकाका नगरप्रमुख प्रशान्त बिष्ट लगायतका जनप्रतिनिधि, सुरक्षा निकायका प्रमुख, मिलन केन्द्रका पदाधिकारी, कार्यालय प्रमुख तथा सदस्यहरुको उपस्थितिमा बांँकेको धार्मिक, सांस्कृतिक र पर्यटकीय झलक दिने मायाको चिनो उपहार दिएर भट्टलाई फेरि भेटौला कार्यक्रमसहित बांँकेबाट बिदाई गरिएको छ ।


error: यो सुविधा उपलब्ध छैन !