४३ ग्राम ब्राउनसुगरसहित दुई भारतीय पक्राउ

नेपालगञ्ज – बांके प्रहरीले ठूलाे मात्रामा लागु अाैषधीसहित दुई भारतीयलाई पक्राउ गरेकाे छ ।

लागु  पदार्थ बाेकेर नेपालगञ्ज अाउदै गरेका भारत रुपैडियाका १९ वर्षीय जुनेद राई र १९ वर्षीय सलमान अलि ४३ ग्राम ब्राउनसुगरसहित पक्राउ परेका हुन् ।

युपी ३२ एमपी ६१८९ नम्बरकाे माेटरसाइकलमा रहेका उनीहरुलाई प्रहरीले जमुनाहाबाट पक्राउ गरेकाे हाे । जुनेदकाे पाइन्टकाे बायाँ खल्तीमा ब्राउनसुगर राखिएकाे थियाे । उनीहरु नेपालगञ्जमा माल पुर्याउन अाउदै गरेका थिए ।


error: यो सुविधा उपलब्ध छैन !