‘खेलकुद विकास समितिमा शाहको एक वर्षे कार्यकाल’


नेपालगञ्ज – जिल्ला खेलकुद विकास समिति बाँकेले आफ्नो एक वर्षीय कार्यकालको गतिविधि सार्वजनिक गरेको छ ।

खेलकुद र आर्थिक विषयलाई समेटेर समिति बाँकेका अध्यक्ष सन्दिपजंग शाहले आफ्नो नेतृत्वको कार्यसमितिकाे गतिविधि र उपलब्धि सार्वजनिक गरेका हुन् ।

प्रदेश खेलकुद विकास परिषद लुम्बिनीको २०७९ असार १९को निर्णय अनुसार शाहको नेतृत्वमा समिति गठन भएको थियो ।

समितिले आफ्नो कार्यकालको पहिलो आर्थिक वर्षमा नवौं राष्ट्रिय खेलकुद प्रतियोगिताका शिर्षकमा ४ लाख, नेपालगञ्ज उपमहानगरपालिकाबाट प्राप्त ९३ हजार ६ सय ६०, कोहलपुर नगरपालिकाबाट ५१ हजार ७ सय ९२, राप्तीसोनारी गाउँपालिकाबाट ९८ हजार ६ सय ६२ र जानकी स्थानीय तहबाट ४९ हजार १ सय ६० रकम आम्दानी भएको जनाएको छ ।
त्यसैगरी संघ तथा क्लव दर्ता शुल्क वापत १६ हजार ५ सय समेत गरी जम्मा ७ लाख ९ हजार ७ सय ७४ रुपैया आम्दानी गरेको छ ।
साथै समिति बाँकेले जिल्ला चौधौं जिल्ला स्तरीय राष्ट्रपति रनिङ्ग शिल्ड प्रतियोगिता सञ्चालन सहितको अर्को शिर्षकमा सामाजिक डिभिजन कार्यालय मार्फत ४ लाख र ७ वटा स्थानीय तह तहको दर्ता शुल्कबाट १ लाख ४० हजार आम्दानी गरेको जनाइएको छ । त्यस्तै कोहलपुर नगरपालिकाबाट ४९ हजार २ सय ५० थप आम्दानी भएको जनाएको छ ।
यसरी प्राप्त भएको रकममा पहिलो शिर्षकको बजेटमा ७ लाख ९ हजार ७ सय ७४ मध्ये ५ लाख ५६ हजार ८ सय ७ रुपैया ८२ पैसा खर्च भएको जनाएको छ ।
दोश्रो शिर्षक अन्तरगतको जम्मा ५ लाख ८९ हजार २ सय ५० मध्ये रकम ५ लाख ५९ हजार ५ सय ३१ रुपैया ५८ पैसा रकम खर्च भएको छ ।
समिति बाँकेको खातामा २ लाख १५ हजार ४२ रुपैया ६० पैसा मौज्दात समेत रहेको छ ।
वि.सं. २०७९ असार २४ देखि २६ सम्म सम्पन्न बाह्रौं राष्ट्रपति रनिङ्ग शिल्ड प्रतियोगीतामा बाँके प्रथम भएको विषयलाई उपलब्धिका रुपमा लिएको जनाएको छ । त्यसैगरी २०७९ भदौ ६ दखि २४ सम्म नवौं राष्ट्रिय खेलकुद प्रतियोगीता जिल्लमा सफलतापूर्वक सम्पन्न गरेको जनाएको छ ।
२०७९ असोज २ देखि १५ गते सम्म सञ्चालन भएको नवौं राष्ट्रिय खेलकुद प्रदेश स्तरीय प्रतियोगिता बुटवलमा जिल्लाले २८ स्वर्ण, ३० रजत र १५ काश्य पदक सहित ७३ मेडल प्राप्त गरेको थियाे । साथै नवौं राष्ट्रिय खेलकुद प्रतियोगीताको २०७९ असोज २८ देखि कातिक ३ गते सम्म सम्पन्न भएका खेलमा ५ स्वर्ण,५ रजत र ५ काश्य पदक सहित १५ मेडल बाँके जिल्लाले हांसिल गरेको उल्लेख छ ।
समिति बाँकेले उल्लेख गरे अनुसार बुटवलमा सम्पन्न तेह्रौं प्रदेश स्तरीय राष्ट्रपति रनिङ्ग शिल्ड प्रतियोगीता बैशाख ११ देखि १३ सम्म चल्दा बाँके जिल्ला प्रथम भएको समेत यो कार्यसमितिको उपलब्धिका रुपमा समेटिएको छ । त्यसैगरी राष्ट्रिय तथा अन्तराष्ट्रिय स्तरमा जिल्लाबाट प्रतिनिधित्व गर्ने खेलाडीलाई सम्मान गरिएको छ । खेलाडी तथा प्रशिक्षकहरुलाई खेल मैदानमा सहज पहुँच र आगामी बर्षका लागी विभिन्न क्षेत्रबाट बजेटको ब्यवस्था गर्न पहल गरिएको समेत जनाइएको छ ।


error: यो सुविधा उपलब्ध छैन !