दुर्घटनामा प्रदेश मन्त्रीकाे मृत्यु

 

नेपालगञ्ज – सवारी दर्घटनामा प्रदेशमन्त्री पृथ्वीबहादुर सिंहकाे मृत्यु भएकाे छ ।

सुदूरपश्चिम सरकारका अान्तरिक मामिला तथा कानून मन्त्री सिंह डडेल्धुरादेखि बझाङ जाने क्रममा दुर्घटनामा परेका थिए । दुर्घटनामा मन्त्रीकी श्रीमती अमृतादेवी सिंह, भाउजु जानकीदेवी सिंहकाे पनि मृत्यु भएकाे छ ।

मन्त्री सिंहकाे बांकेकाे काेहलपुरस्थित काेहलपुर मेडिकल कलेजमा उपचारकाे क्रममा मृत्यु भएकाे हाे । मेडिकल कलेजमा मन्त्रीका अंगरक्षक दिपक भण्डारी र चालक धर्मराज जाेशीकाे उपचार भइरहेकाे छ ।


error: यो सुविधा उपलब्ध छैन !