पार्टी स्थापना दिवसमा रक्तदान

नेपालगञ्ज – राष्ट्रिय स्वतन्त्र पार्टी स्थापना दिवसकाे अवसरमा नेपालगञ्जमा रक्तदान गरिएकाे छ ।

लुम्बिनी प्रदेश समितिकाे अायाेजनामा गरिएकाे प्रदेशस्तरीय रक्तदान कार्यक्रममा ७२ जनाले रक्तदान गरेका छन् ।

कार्यक्रम संयाेजक बुद्धिसागर सुवेदीका अनुसार, प्रदेश महामन्त्री निलराज अधिकारी, नगर सभापति नवीन खड्का, क्षेत्रीय सदस्य विवेक श्रेष्ठ, जिल्ला संयाेजक हरिपाल केसी, प्रदेश संगठन विभाग सचिव सिएम उपाध्यायलगायतले रक्तदान गरेका थिए ।

गरीव, असाहय, विपन्नलाई सहयाेगका लागि गरिएकाे रक्तदान कार्यक्रममा प्रदेश सभापति देवराज पाठककाे उपस्थिति    थियाे ।


error: यो सुविधा उपलब्ध छैन !