दैलेखकाे जंगलमा लागेकाे अागाेमा परेका ८ जनालाई नेपालगञ्ज ल्याइयाे

नेपालगञ्ज – दैैलेख जिल्लाकाे अाठबिस नगरपालिका वडा नम्बर ६ मा रहेकाे जंगलमा लागेकाे अागाेमा परेका अाठ जनालाई थप उपचारका लागि नेपालगञ्ज ल्याइएकाे छ ।

बुधबार दिउंसाे लागेकाे अागाेमा परेका उनीहरुलाई हेलिकाेप्टरबाट नेपालगञ्ज ल्याइएकाे छ । चार/चार जना गरी दुई पटक गरेर हेलिकाेप्टरबाट नेपालगञ्ज ल्याइएका अाठ जनामध्ये चार जना भेरी अस्पताल र चार जनालाई मेडिकल कलेजमा राखिएकाे छ ।

अस्पतालमा पुगेका बांकेका प्रमुख जिल्ला अधिकारी विपिन अाचार्यले अागाेमा परेका अाठ जनालाई दुई अस्पतालमा उपचार भइरहेकाे जानकारी दिनुभयाे ।

जंगलमा बाटाेकाे काम गरिरहेका मजदुर अागलागीमा परेका हुन् । जंगलमा एक्कासी अागाे लागेकाे र अाफूहरु भाग्दा भाग्दै जलेकाे उनीहरुले बताएका छन् ।


error: यो सुविधा उपलब्ध छैन !