जलेका चार जनालाई काठमाडौं पठाइयो, एक जनाको मृत्यु

नेपालगञ्ज – दैलेखको आठबीस नगरपालिका वडा नं. ६, माल्या बुडा पहाडा सामुदायिक वनमा लागेको डढेलोमा परी गम्भीर घाइते भएका चार जनालाई नेपालगञ्जबाट काठमाडौं पठाइएको छ ।

बुधबार दिउँसो आगलागीमा परेका १० जनामध्ये आठ जनालाई हेलिकोप्टरबाट नेपालगञ्ज ल्याइएको थियो । त्यसमध्येका भैरव विक (भैरे)को भेरी अस्पताल, नेपालगञ्जमा उपचारको क्रममा मृत्यु भइसकेको छ ।

बिहीबार दिउँसो १२.३० बजे नेपाली सेनाको स्काई ट्रकबाट चार जनालाई काठमाडौं पठाइएको छ । काठमाडौं रिफर गरिएकोमा नविन विक, नैनी विक, बसुन्धरा विक र जैकला विक रहेका छन् । अहिले नेपालगञ्जमा तीन जना उपचारमा छन् । भेरी अस्पतालमा एकजना र मेडिकल कलेजमा दुई जनाको उपचार भइरहेको छ ।

प्रधानमन्त्री स्वरोजगार कार्यक्रम अन्तर्गत बाटोमा काम गरिरहेका दश जना सामुदायिक वनमा लागेको आगो (डढेलो)मा परेका थिए ।


error: यो सुविधा उपलब्ध छैन !