टिप्परको ठक्करबाट तेली गम्भीर घाइते

नेपालगञ्ज – टिप्परले ठक्कर दिंदा भारतीय नागरिक गम्भीर घाइते भएका छन् ।

नेपालगञ्ज उपमहानगरपालिका वडा नं. २२, पुरैनीमा मंललबार दिउँसो १२.१५ बजे ना १ ख २२७१ नम्बरको टिप्परले ठक्कर दिंदा युपी४०जे १२१७ नम्बरको मोटरसाइकलमा रहेका भारत रुपैडिहा रामपुरका सुरेश तेली गम्भीर घाइते भएका हुन् ।

तेली मोटरसाइकलमा नेपालगञ्जतर्फ आइरहेका थिए भने टिप्पर नेपालगञ्जदेखि कम्दीतर्फ गइरहेको थियो । टिप्परको ठक्करबाट तेलीको मलद्वारमा गहिरो चोट लागेको छ । उनको भेरी अस्पताल, नेपालगञ्जमा उपचार भइरहेको छ ।


error: यो सुविधा उपलब्ध छैन !