बांकेमा भिटामिन ए खुवाइएन

नेपालगञ्ज – बांकेमा बुधबार भिटामिन ए र जुकाकाे अाैषधी खुवाइएकाे छैन ।

बैशाख ६ र ७ गते भिटामिन ए र जुकाकाे अाैषधी खुवाउने कार्यक्रम भएपनि प्रदेश सरकारबाट बिग्रेकाे क्याप्सुल (कलर अर्कै भएकाे) पठाइएपछि अभियान राेकिएकाे छ ।

बांकेका अाठ वटै पालिकामा भिटामिन ए र जुकाकाे अाैषधी पठाइसकिएकाे थियाे । कलर अर्कै रहेकाे थाहा पाएपछि लुम्बिनी प्रदेश स्वास्थ्य मन्त्रालय प्रदेश स्वास्थ्य निर्देशनालयले अहिले भिटामिन ए खुवाउने अभियान राेकेकाे  छ । बांकेमा अर्काे अाैषधी पठाएपछि अभियान संचालन गरिने स्वास्थ्यकर्मीले बताएका छन् ।


error: यो सुविधा उपलब्ध छैन !