नेपालगञ्जका स्थानीयलाई काेराेना

नेपालगञ्ज – नेपालगञ्जका एक जनालाई काेराेना देखिएकाे छ ।

लक्षण चिन्ह देखिएपछि नेपालगञ्ज नाकामा रहेकाे हेल्थ डेस्कमा गएर जाँच गर्दा काेराेना पुष्टि भएकाे हाे । नेपालगञ्ज नाकामा भारतबाट अाएका व्यक्तिलाई मात्रै काेराेना देखिएकाेमा मंगलबार नेपालगञ्ज उपमहानगरपालिका वडा नम्बर १२ का ३० वर्षीया महिलालाई काेराेना देखिएकाे छ ।

नेपालगञ्ज उपमहानगरपालिका स्वास्थ्य महाशाखाका जनस्वास्थ्य निरीक्षक तेज वलीका अनुसार, मंगलबार भारतबाट अाएका १ सय ३० जनाकाे जाँच गर्दा ३ जनामा काेराेना देखिएकाे छ ।


error: यो सुविधा उपलब्ध छैन !