नेवाः देयः दबू बाँकेको दोस्रो अधिवेशनबाट बद्री श्रेष्ठ अध्यक्ष निर्वाचित

नेपालगञ्ज – नेवाः देयः दबू बाँकेको दोस्रो अधिवेशन तथा तेस्रो साधारण सभाबाट बद्रीप्रसाद श्रेष्ठ अध्यक्ष पदमा निर्विरोध निर्वाचित हुनु भएको  छ । आगामी तीन वर्षका लागि सम्पन्न भएको निर्वाचनमा श्रेष्ठको अध्यक्षतामा २९ सदस्यीय जिल्ला कार्यसमिति चयन भएको हो ।

निर्वाचन समितिका संयोजक पूर्णलाल चुकेका अनुसार, नवनिर्वाचित कार्यसमितिको वरिष्ठ उपाध्यक्षमा पदम श्रेष्ठ, उपाध्यक्ष खुल्ला तर्फ भीमलाल श्रेष्ठ र महिला उपाध्यक्षमा साधना श्रेष्ठ, सचिवमा विकल श्रेष्ठ, महिला सचिवमा अधिवक्ता पुनम श्रेष्ठ र कोषाध्यक्षमा राजेश मास्के निर्विचित हुनु भएको छ ।

त्यसैगरि कार्यसमितिको सदस्यहरुमा आनन्दबहादुर कर्माचार्य, जीवन श्रेष्ठ, विकास बज्राचार्य, नरेन्द्र श्रेष्ठ, विष्णुप्रसाद कक्षपति, विष्णु श्रेष्ठ, चन्द्र शेखर श्रेष्ठ, सरोज कुमार श्रेष्ठ, कुलदीप श्रेष्ठ, विष्णुकुमारी श्रेष्ठ, ज्ञानु श्रेष्ठ, मुकेश नकर्मी, विद्यामान राजभण्डारी, निरन्जन राजभण्डारी, विनय श्रेष्ठ, पुकार श्रेष्ठ, सुरेन्द्रकुमार श्रेष्ठ, अमर विरही श्रेष्ठ, रघुनाथ श्रेष्ठ, सरिता श्रेष्ठ र अम्विका श्रेष्ठ निर्वाचित हुनु भएको छ ।

नवनिर्वाचित पदाधिकारी तथा सदस्यहरुलाई नेवाः देयः दबूका केन्द्रीय उपाध्यक्ष चन्द्रलाल राजभण्डारीले विधान अनुसार सपथग्रहण गराउनु भयो भने निर्वाचन समितिका संयोजक पूर्णलाल चुकेले प्रमाण पत्र वितरण गर्नु भयो ।

नेवारी भाषा, कला, संस्कृतिको संरक्षण, सम्वद्र्धन र प्रवद्र्धन गर्ने प्रमुख उद्देश्यका साथ स्थापित नेवारहरुको साझा छाता संगठन नेवाः देयः दबू बाँकेका संस्थापक अध्यक्ष कृष्णप्रसाद श्रेष्ठको अध्यक्षतामा भएको दोस्रो अधिवेशन तथा तेस्रो साधारणसभाको प्रमुख अतिथि नेवाः देयः दबूका केन्द्रीय वरिष्ठ उपाध्यक्ष चन्द्रलाल राजभण्डारीले उद्घाटन गर्नु भएको थियो ।

सो अवसरमा नेवाः देयः दबूका लुम्बिनी प्रदेशका उपाध्यक्ष विजुला श्रेष्ठ, नेवाः पुच बाँकेका संस्थापक अध्यक्ष बद्रीप्रसाद श्रेष्ठ, नेवाः पुच बाँकेका पार्षद् पूर्णलाल चुके लगायतले नेवारी भाषा, कला, संस्कृतिको संरक्षण, सम्वद्र्धन र प्रवद्र्धन गर्नु पर्ने कुरामा जोड दिनु भएको थियो ।


error: यो सुविधा उपलब्ध छैन !