बर्खासम्म परिणाम नदिए मन्त्री फिर्ता : गगन थापा

नेपालगञ्ज – नेपाली कांग्रेसका महामन्त्री गगन थापाले बर्खासम्ममा परिणाम दिन नसक्ने मन्त्रीलाई फिर्ता गरिने बताउनु भएको छ ।

नेपाली कांग्रेस, बाँकेले शनिबार नेपालगञ्जमा आयोजना गरेको प्रथम जिल्ला सम्मेलनको उद्घाटन गर्दै महामन्त्री थापाले परिणाममुखी काम गर्न नसक्ने मन्त्री ५ महिनामा घर फर्किने बताउनुभयो ।

महामन्त्री थापाले २०८४ सालको चुनावमा नेपाली कांग्रेस एक्लै चुनाव लड्ने बताउनुभयो । उहाँले गएको चुनावमा पनि आफूले एक्लै जानु पर्छ भनेर भने पनि सफल नभएको स्मरण गराउदै आगामी चुनावमा जुनसुकै हालतमा नेपाली कांग्रेस एक्लै चुनावमा जाने दोहो¥याउनुभयो ।

पूर्वमन्त्रीसमेत रहेका थापाले जघन्य अपराध, स्वेइच्छाचारी हत्या गरेका व्यक्तिले मुक्ति पाउने गरी संसदले कुनै कानून नबनाउने बताउनुभयो ।
केन्द्रीय सदस्य मैकुलाल बाल्मिकी, लुम्बिनी प्रदेशका सभापति अमरसिंह पुनले गुटबन्दीले गर्दा कांग्रेस कमजोर रहेको बताउनुभयो ।

पार्टी सभापति नारायण गौडेलको अध्यक्षतामा भएको सम्मेलनमा सांगठानिक प्रतिवेदन, आर्थिक प्रतिवेदन, वार्षिक नीति तथा कार्यक्रमको प्रस्तुतीकरणसँगै प्रजातन्त्र सेनानी, पूर्व पार्टी सभापति, उत्कृष्ट वडा सभापति, महिला वडा सभापति, शहीद परिवार तथा जनआन्दोलन र द्वन्द्वका घाइतेलाई सम्मान गरिएको थियो ।


error: यो सुविधा उपलब्ध छैन !