एमालेको आयोजनामा निशुल्क छाला रोग परीक्षण

नेपालगञ्ज – नेकपा एमाले, बाँकेले नेपालगञ्जका दुई वटा वडामा निशुल्क छाला रोग परीक्षण स्वास्थ्य शिविर सञ्चालन गरेको छ ।

पार्टीले सञ्चालन गरेको ग्रासरुट अभियानको क्रममा नेपालगञ्जको वडा नं. २१ र २३ मा निशुल्क छाला रोग परीक्षण स्वास्थ्य शिविर सञ्चालन गरेको हो ।

नेपालगञ्जको पिछाडिएको वडा मानिने वडा नं. २३ को जंगलीसिंहपुरुवास्थित नेराप्राविमा शिविर सञ्चालन गरिएको थियो । शिविरको एमालेका नेता बाबुराम गौतम, जिल्ला अध्यक्ष किस्मत कक्षपति, उक्त वडाका ग्रासरुट अभियानका संयोजक खिलप्रसाद भुसालले उद्घाटन गर्नु भएको थियो ।

शिविरमा भेरी अस्पताल, नेपालगञ्जमा कार्यरत छाला रोगका डा. अनिसा उप्रेतीको टीम खटिएको थियो । एमालेसम्बद्ध राष्ट्रिय स्वास्थ्यकर्मी महासंघको सहकार्यमा शिविर सञ्चालन गरिएको थियो । जनतासँग प्रत्यक्ष जोडिने गरी थालिएको ग्रासरुट अभियानका क्रममा जनताको स्वास्थ्य समस्या समाधानका लागि सानो प्रयास गरेको जिल्ला अध्यक्ष कक्षपतिले बताउनुभयो ।


error: यो सुविधा उपलब्ध छैन !