काम गर्न घरमा बोलाएर बलात्कार !

नेपालगञ्ज – नेपालगञ्ज उपमहानगरपालिका वडा नं. ११ का सलमान कवाडियाले घरमा काम गर्न बोलाएर मजदुर महिलालाई बलात्कार गरेको आरोप लगाइएको छ ।

काम गर्न बोलाएपछि घरमा गएकी ३२ वर्षीया महिलालाई कवाडियाले शनिबार अपरान्ह ५ बजे बलात्कार गरेको पीडित पक्षको आरोप छ । मजदुरको एक समूहले आइतबार विहान कवाडियाको घर घेर्नुका साथै उजुरी दिन जिल्ला प्रहरी कार्यालय गएको छ ।

बाँकेका एसपी सन्तोष राठौरले बलात्कार गरेको बताइएपछि जिल्ला प्रहरी कार्यालयमा उजुरी लिएर आउन भनेको जानकारी दिनुभयो ।

नेपालगञ्जमा विहान मजदुरहरु एक ठाउँमा जम्मा हुने र कामका लागि बोलाउन आएपछि घर, उद्योग, होटलहरुमा गएर काम गर्ने गरिन्छ । धेरै वर्षदेखि त्रिभुवनचोकमा जम्मा हुने गरेका मजदुर अहिले रंगशाला जाने बाटोमा निर्वाचन कार्यालय अगाडिको चोकमा जम्मा हुने गर्दछन् ।


error: यो सुविधा उपलब्ध छैन !