आदर्श मावि खजुराको पूर्व विद्यार्थी भेला

खजुरा – बाँकेको खजुरास्थित आदर्श माध्यामिक विद्यालयको पूर्व विद्यार्थी भेला शनिबार सम्पन्न भएको छ ।

२०२९ सालमा स्थापित विद्यालयमा विभिन्न समयमा अध्ययन गरेका पूर्व विद्यार्थीहरुको सहभागिता रहेको भेलाले नयाँ बर्षको अवसर पारेर बैशाख ९ गते वृहद भेला तथा अन्तरक्रिया आयोजना गर्ने निर्णय गरेको छ ।

भेलामा विद्यालयका प्रधानाध्यापक राजेन्द्र सापकोटाले पूर्व विद्यार्थीहरु संगठित हुनु विद्यालयका लागि सकारात्मक रहेको भन्दै बढी भन्दा बढी विद्यार्थीलाई समाजमा समेटन सुझाव दिनुभयो ।

२०४५ सालमा प्रवेशिका उत्तिर्ण गर्नुभएका पूर्व विद्यार्थी बासुदेब तिवारीको अध्यक्षतामा भएको भेलामा पूर्व विद्यार्थीहरु विक्रम गिरी, निरज भट्ट लगायतले पूर्व विद्यार्थी समाजलाई बढी भन्दा बढी पूर्व विद्यार्थीको सहभागिता बनाई रचनात्मक काममा क्रियाशिल बन्नुपर्ने सुझाव दिनुभयो । भेलाले पूर्व विद्यार्थी गोविन्द शर्माको संयोजकत्वमा वृहद भेला तयारी समिति गठन गरेको छ ।


error: यो सुविधा उपलब्ध छैन !