नेपालले जित्याे थ्री नेसन्स कपकाे उपाधि

नेपालगञ्ज  – प्रधानमन्त्री थ्री नेसन्स कप फुटबल प्रतियोगिताको उपाधि नेपालले जितेको छ।

प्रतिस्पर्धात्मक बनेको फाइनलमा नेपालले लाओसलाई २-१ ले पराजित गर्दै उपाधि जितेको हो।

घरेलु दर्शकमाझ नेपालले निर्धारित ३ मिनेट बाँकी रहँदा निर्णायक गोल गरेको थियो।

नेपालका लागि मनिष डाँगीले ८७ औ मिनेटमा गोल गर्दै २-१ को अग्रता दिलाएका थिए, जुन अग्रता नै नेपाललाई उपाधि दिलाउन पर्याप्त बन्यो।

यसअघि खेलमा सुरुवाती अग्रता भने पहिलो हाफमा लाओसले लिएको थियो।

पहिलो हाफमा दबाबमा परेको नेपाल विरुद्ध लाओसले १७ औ मिनेटमा साङ्भिलेको गोलमार्फत अग्रता बनाउन सफल भएको थियो।

डिफेन्सको कमजोरीको फाइदा उठाउँदै लाओसले अग्रता लिएको थियो।

तर आयुष घलानले २४ औ मिनेटमा बराबरी गोल फर्काएका थिए ।

प्रतियोगिताको विजेताले ५ हजार अमेरिकी डलर, दोस्रोले ३ हजार डलर पाएका छन्। प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले पुरस्कार वितरण गर्नुभयाे ।


error: यो सुविधा उपलब्ध छैन !