दादुरा महामारी : शुक्रबारदेखि खाेप

नेपालगञ – नेपालगञ्जमा दादुुराकाे महामारी देखिएपछि खाेप अभियानकाे तयारी भएकाे छ ।

नेपालगञ्ज उपमहानगरपालिका स्वास्थ्य शाखाका प्रमुख रामबहादुर चन्दले शुक्रबारदेखि नै दादुरा देखिएका वडामा खाेप अभियान चलाउने जानकारी दिनुभयाे ।

नेपालगञ्जकाे ५, ७, ८, ९, १०, ११, १४, १५, २२ नम्बर वडामा खाेप अभियान चलाईदै छ । अभियान सबै वडामा पुर्याउने तयारी छ ।

नेपालगञ्जमा ५ वर्षमाथिका बालबालिकामा प्रकाेप देखिएकाले ९ महिनादेखि १५ वर्ष उमेरका बालबालिकामा खाेप लगाइदै छ ।

नेपालगञ्ज उपमहानगरपालिकाले दादुरा देखिएका बालबालिकालाई घरमै छुट्टै राखेर उपचार गर्ने, गम्भीर बिरामी भएकालाई अस्पताल लैजाने व्यवस्था मिलाएकाे चन्दले बताउनु भयाे ।

दादुराले नेपालगञ्जमा एक बालककाे मृत्यु भइसकेकाे छ भने २९ जना बढी बिरामी छन् ।


error: यो सुविधा उपलब्ध छैन !