मुख्यमन्त्री केसी र अर्थमन्त्री खड्कासंग अध्यक्ष शाहले गरे भेट

नेपालगञ्ज – बाँकेको नरैनापुर गाँउपालिका अध्यक्ष इश्तियाक अहमद शाहले लुम्बिनी प्रदेशका मुख्यमन्त्री कुलप्रसाद केसी र अर्थ सहकारी मन्त्री कृष्णध्वज खड्कासँग भेटवार्ता गरेका छन् ।

मुख्यमन्त्री कार्यालय भालुवाङमा भएको भेटमा नरैनापुर गाँउपालिकाको विकास, सुशासन, सेवा प्रवाह र सन्तानेश्वर मन्दिरको विषयमा छलफल भएको थियो ।

यस्तै भेटमा मुख्यमन्त्री केसीले लुम्बिनी प्रदेश सरकार नरैनापुर गाँउपालिकाको विकासका लागि नयाँ सरकार गठन पूर्व नै केही महत्वपूर्ण योजना सुरु गर्ने प्रतिबद्धता व्यक्ति गर्नु भएको थियो ।

अर्थमन्त्री खडकाले अध्यक्ष शाहसंगको भेटमा नरैनापुर सबै भन्दा पछाडि परेको पालिका भएकोले नरैनापुरमा शिक्षा, स्वास्थ्य र यातायातका लागि सरकारले विशेष व्याकेज ल्याउन जरुरी रहेको बताउनु भएको थियो ।

नरैनापुर गाँउपालिका अध्यक्ष शाहले अर्थमन्त्री खड्कासंग हुलाकी सडकदेखि रोशन पूर्वा सम्मको रोड र मटेहियादेखि सोनपूर्वासम्मको रोड निर्माणका लागि बजेट माग गर्नु भएको थियो ।

अर्थमन्त्री खड्काले तत्काल दुई रोड मध्ये एक रोड निमार्णका लागि बजेट दिने अश्वासन दिनु भएको थियो । मन्त्री खडकाले मन्त्रालयका सचिव नेत्र सुबेदीलाई नरैनापुरको रोड निमार्णका लागि माग भएको रकम व्यवस्थापन गर्न निर्देशन दिए संगै सचिव सुबेदीले मटेहियादेखि सोनपूर्वा सम्मको रोड निर्माणका लागि चाहिने बजेट एक साता भित्रै पठाउने बताउनु भएको थियो ।

अध्यक्ष संगै मन्त्रीलाई भेटन बाँके क्षेत्र नं. १ (क) बाट निर्वाचित प्रदेश सभा सदस्य कृष्ण केसी नमूना, नरैनापुरका लेखापाल प्रकाश अधिकारी लगायतको सहभागिता रहेको थियो ।


error: यो सुविधा उपलब्ध छैन !