आठौं धारा नेपालगञ्ज म्याराथनमा ज्ञान खाद्यान्नको सहप्रायोजन

नेपालगञ्ज – यही मंसिर २४ गते शनिबार हुने आठौं धारा नेपालगञ्ज म्याराथनमा केएल दुगड ग्रुपको उत्पादन ज्ञान खाद्यान्नले सहप्रायोजन गरेको छ । धारा शुद्ध तोरीको तेल समेत केएल दुगड ग्रुपकै उत्पादन हो ।

विश्व म्याराथनको सर्वोच्च निकाय एसोसियसन अफ इन्टरनेसनल म्याराथन एण्ड डिस्टेन्स रेश(एम्स)मा पूर्णकालीन सदस्यता प्राप्तिसँगै डाइरेक्ट्रीमा सूचिकृत भएपछि नेपालको प्रतिष्ठित व्यवसायिक घराना केएल दुगड ग्रुपले ज्ञान खाद्यान्नलाई समेत समावेश गर्दै लामो यात्रा तय गर्ने संकेत गरेको छ । ज्ञानको नामबाट पिठो, चामल लगायत गुणस्तरीय खाद्यपदार्थ बजारमा उपलब्ध छन् ।

यसपटक दुई दिने कार्यक्रम गरी नेपालगञ्ज म्याराथन आयोजना गरिंदैछ । पहिलो दिन शुक्रबार दिउँसोदेखि रातिसम्म उपमहानगरपालिका परिसरमा बिभिन्न बिषयमा मन्थनका साथै स्वादको सहरका रुपमा चिनाउने कार्यक्रम समेत हुनेछ । साथै कवि गोष्ठी र मुसायरा पनि हुनेछ । शनिबार बिहान ७ बजे म्याराथन आरम्भ हुनेछ ।

‘उत्पादनको व्यवसायिक प्रवद्र्धनमात्र नभई सामाजिक उत्तरदायित्व अन्तर्गत पनि हामीले नेपालगञ्ज म्याराथनलाई उच्च प्राथमिकता दिएका छौं,’ केएल दुगड ग्रुपका सिइओ प्रदीप छाजेडले भने, ‘नेपालगञ्ज म्याराथनको अन्तर्राष्ट्रियकरण एवं उचाइ लिदै गएकोमा हामीले निकै महत्वका साथ हेरेका छौं, हाम्रा ग्रुपका प्रबन्धनिर्देशक कुमुद दुगडले अझ महत्वका साथ लिनुभएको छ, हामी निरन्तर साथमा रहनेछौं ।’

एक दशक लामो सशस्त्र द्धन्द्ध विधिवत अन्त्य भइ राज्य र विद्रोही पक्षबीच बृहत शान्ति सम्झौतामा हस्ताक्षर भएको दिन (मंसिर ५)लाई स्मरण गर्दै आठ बर्षअघि नेपालगञ्ज म्याराथन आरम्भ भएको थियो । ‘मुलुक शान्ति यात्रातर्फ त्यसैदिनदेखि प्रवेश गरेको हाम्रो बझाई हो,’ संस्थापक÷अध्यक्ष टीएस ठकुरीले भने, ‘यस ऐतिहासिक दिनलाई सबैले स्मरण गर्नुपर्छ, म्याराथन जस्ता धेरै गतिविधि आयोजना गर्न नेपालीलाई त्यही दिनदेखि आशा जगाएको हो ।’


error: यो सुविधा उपलब्ध छैन !