अरनिको ‘फष्ट’

नेपालगञ्ज – नेपाली सेनासँग सूचीकृत रहेका बाँके र बर्दियाका स्कूलका बीचमा भएको फुटबल प्रतियोगिताको उपाधी अरनिको इङलिस मिडियम स्कूलले जितेको छ ।

बज्रदल गण, इमामनगर ब्यारेक राँझाले आयोजना गरेको प्रतियोगिताको फाइनलमा ड्रिमल्याण्ड इङलिस मिडियम स्कूललाई पराजित गर्दै अरनिकोले उपाधी जितेको हो ।

निर्धारित समयमा दुवै तर्फबाट गोल हुन नसकेपछि खेलको निर्णय ट्राइबेकरबाट गरिएको थियो । जसमा अरनिको ४–२ गोलले विजयी भयो ।
प्रतियोगिताको सर्वाधिक गोलकर्ता अरनिकोका दिप्स सुनार, उत्कृष्ट खेलाडी प्रेम योगी, उत्कृष्ट किपर बिप्लव चन्द हुँदा अनुशासित टीमको पुरस्कार शुभकामना एकेडेमीले पाएको छ ।

प्रतियोगिताका विजेता, उपविजेता, विधागत उत्कृष्टलाई श्री नम्बर ४ बाहिनी अड्डाका बाहिनीपति सहायक रथी उत्तमकुमार विष्ट, बज्रदल गणका गणपति प्रमुख सेनानी श्याम आत्रेय पौडेल, प्रतियोगिताका संयोजक किसन गुरुङ, हिताधिकारी कल्याण केन्द्र लुम्बिनीका प्रमुख महासेनानी इन्द्रबहादुर शाह (अवकास प्राप्त), एन्फा लुम्बिनीका उपाध्यक्ष सूर्यमणि अधिकारीलगायतले पुरस्कार वितरण गरे ।


error: यो सुविधा उपलब्ध छैन !