नेपालगन्जमा गाेली चल्याे


नेपालगन्ज – राष्ट्रवादी युवाले राखेकाे राजा विरेन्द्रकाे शालिक हटाउने क्रममा झडप हुंदा प्रहरीले हवाई फायर गरेकाे छ ।
विरेन्द्रचाेकमा राष्ट्रवादी युवाले राखेकाे शालिकलाई प्रहरीले केहीबेरमै हटाएपछि झडप भएकाे थियाे ।
युवाले ढुंगाले हान्दा चार जना प्रहरी घाइते भएपछि प्रहरीले भीडलाई तितरवितर गर्न सात राउन्ड हवाई फायर गरेकाे हाे ।
२०६२/६३ काे जनअान्दाेलनमा विरेन्द्रकाे शालिक ताेडफाेड गरिएपछि त्यहां शालिक थिएन ।
केही समय अघि पनि त्यहां राष्ट्रवादी युवाले शालिक राखेका थिए । प्रहरीले राती नै हटाइ दिएकाे थियाे ।
जनअान्दाेलनका क्रममा हटाइएकाे त्रिभुवनचाेककाे शालिक भने पुन राखिसकिएकाे छ ।


error: यो सुविधा उपलब्ध छैन !