बल्ल बन्याे सहकारी वित्तीयकाे तदर्थ समिति


नेपालगन्ज – अदालतले आदेश गरेकाे दुई वर्षपछि सहकारी वित्तीय संस्था लिमिटेड, नेपालगन्जकाे तदर्थ समित बनेकाे छ ।
४३ कराेडबढी अपचलन भएकाे याे सहकारीलाई तदर्थ समित बनाएर त्यसले विशेष साधारण सभा गरि नयाँ कार्यसमित बनाई सञ्चालनमा ल्याउन जिल्ला र उच्च अदालतले अादेश गरेकाे थियाे । सहकारी मन्त्रालय र विभागले चासाे नदिंदा दुई वर्षसम्म अदालतकाे अादेश कार्यान्वयनमा अाउन सकेकाे थिएन । सहकारी पीडित संघर्ष समितिका संयाेजक विजय गुप्ता अामरण अनसनमा बसेपछि सहकारी मन्त्रालय लुम्बिनी प्रदेश तातिएकाे थियाे । जसका कारण अाज ७ सदस्यीय तदर्थ समिति गठन भएकाे छ । शिवप्रसाद शुक्ला संयाेजक र हेमन्त कर्माचार्य उपसंयाेजक रहेकाे समितिमा रामगाेपाल कुर्मी, धनीराम बृजबासी, जगदीशप्रसाद वैश्य, विनय साेनी र यशाेधाकुमारी उपाध्यक्ष सदस्य रहेका छन् । तदर्थ समिति गठन गराउन लुम्बिनी प्रदेशकाे सहकारी विभागबाट अधिकृत बामदेव शर्मा र सहकारी बाेर्डबाट टीकाराम पाेखरेल अाएका थिए । तदर्थ समितिलाई तीन महिनाभित्र विशेष साधारण सभा गर्ने म्याण्डेट दिइएकाे छ ।
११ हजार ८ सय ४ जना बचतकर्ता रहेकाे याे सहकारीकाे सञ्चालक र उच्च कर्मचारीविरुद्व २०७६ असाेज २८ गते जिल्ला अदालतमा मुद्दा दायर गरिएकाे थियाे भने २०८० पुस २६ गते अदालतले १९ जनालाई दाेषी ठहर गर्दै कैद, जरिवाना र बिगाे असुलीकाे फैसला गरेकाे थियाे । जिल्लाकाे याे फैसलालाई उच्चले सदर गरेकाे थियाे ।
संघर्ष समितिका सहसंयाेजक अाँशुताेष शुक्लाले एक महिनाभित्रै विशेष साधारण सभा गरेर अघि बढ्ने बताए ।


error: यो सुविधा उपलब्ध छैन !