एघाराै महाधिवेशनका विजयीलाई सम्मान

नेपालगन्ज – नेकपा एमाले, बाँकेले एघाराै महाधिवेशनमा विजयी भएकाहरुलाई बधाई तथा सम्मान गरेकाे छ ।
पार्टीकाे एघाराै महाधिवेशनबाट बाँकेबाट ५ जना केन्द्रीय सदस्य र एक जना लेखा आयाेग सदस्यमा विजयी भएका छन् । शान्ति ढकाल, सूर्य ढकाल, माे.हारुन हलवाई, आरती पाैडेल, बसन्ती अधिकारी केन्द्रीय सदस्य र विजया धिताल लेखा आयाेग सदस्यमा विजयी भएका छन् । विजयी सबै जना केपी शर्मा वलीकाे टीमबाट निर्वाचनमा प्रतिस्पर्धा गरेका थिए ।
जिल्ला अध्यक्ष निरक गुरुङकाे अध्यक्षतामा भएकाे कार्यक्रममा उपाध्यक्ष रत्न खत्रीले स्वागत र संविधान सभा सदस्य दलबहादुर सुनारले बधाई तथा शुभकामना दिएका थिए ।











