राप्तीसोनारीमा सिकलसेलको शिविर

नेपालगञ्ज – बाँकेको राप्तीसोनारीमा थारु समुदायमा बढी देखिएको सिकलसेल तथा थालसेमिया रोगको जाँच तथा परामर्श शिविर शुरु गरिएको छ ।

स्वास्थ्य कार्यालय, बाँकेले राप्तीसोनारी गाउँपालिका वडा नं. ४, कुम्भर स्कूलबाट शिविरको शुरुवात गरेको छ । शिविरको गाउँपालिकाका प्रमुख तप्त पौडेल, स्वास्थ्य कार्यालय, बाँकेका प्रमुख धीरजंग शाहलगायतले उद्घाटन गर्नुभयो ।

पश्चिम नेपालका १३ प्रतिशत थारु समुदायमा सिकलसेल तथा थालसेमिया रोगको संक्रमण रहेको छ ।

राप्तीसोनारीको थारुबस्तीमा थालिएको शिविरमा दैनिक ५० जनाको जाँच गर्ने र रोग देखिएका विरामीलाई त्यही डाक्टर लगेर उपचार गर्ने स्वास्थ्य कार्यालयका अधिकृत नरेश श्रेष्ठले जानकारी दिनुभयो ।

स्वास्थ्य कार्यालयले राप्तीसोनारीको दुई हजार मानिसको जाँच गर्ने जनाएको छ । सिकलसेल बंशाणुगत रोग हो । यो थारु समुदायमा बढी देखिएको छ ।


error: यो सुविधा उपलब्ध छैन !